
शिविरमा चार सय ६९ जनाले नागरिकता लिएका छन भने पाँच सय २४ जनाले फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गराएका छन् ।
शिविरमा महिला तथा बालबालिका कार्यालयबाट ४३ वटा अपाङ्ग परिचयपत्र वितरण, नापी कार्यालयवाट २६ जना स्थानीयको जग्गा नापजाँच, पशुसेवा कार्यालययवाट छवटा गाईमा कृत्रिम गर्भाधानसेवा तथा स्वास्थ्य टोलीले पाँच सयभन्दा बढीको स्वास्थ्य परीक्षण र कृषि विकास कार्यालयबाट स्थानीयको ५४ वटा माटो परीक्षण गरिएको छ । घुम्ती शिविरमा आमचोक, लुम्दे, गजुरमुखी, एकतप्पा, फुएँतप्पा र फाकफोक गाविसका नागरिकले सेवा लिएका थिए । सो शिविर वैशाख १० बाट १५ गतेसम्म चलेको थियो ।
यस्तै, बाँझोस्थित चिसोपानीमा एकीकृत घुम्ती शिविरवाट एक हजार पाँच सय जनाभन्दा बढीले नागरिकले सेवा सुविधा लिएका छन् । छ सय ७९ लाई नागरिकता वितरण गरिएको थियो भने सात सय ७५ जनाले फोटो खिचाएका छन् । शिविरमा मालपोत कार्यालय, जिल्ला पशुसेवा कार्यालयले पनि सेवा दिएको थियो । यसअघि बाँझोको लारूम्वामा दुईदिने घुम्ती शिविर सम्पन्न भइसकेको छ । यस शिविरमा दुई सय ६० जनालाइ नागरिकता वितरण गरिएको थियो । रासस
|