
फुयाँलको मिर्गालाले काम गर्न छोडेपछि हाल उनी नियमित डायलयसिस गराइरहेका छन् । उनी अहिले इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचाररत छन् ।
कोटेश्वरको एक विद्यालयमा आज आयोजित कार्यक्रममा प्राचीले आमा सङ्गीता सिलवाल ऐरको उपस्थितिमा उक्त रकम मृगौला रोगी फुयाँललाई दिएकी हुन् । हाल त्रिदेवीनगर, कोटेश्वर बस्दै आएका बिरामी फुयाँलका दुई छोरी छन् । उनीहरु एक र तीन कक्षामा पढ्दैछन् । उनको आर्थिक अवस्था कमजोर रहेको छ ।
मृगौला रोगको उपचार महङ्गो भएको तथा मिर्गौला प्रत्यारोपणका लागि लाग्ने ठूलो रकम पनि उनले जम्मा गर्नसक्ने अवस्था नरहेकाले थोरै भए पनि सहयोग होस् भनेर आफूले सो सहयोग गरेको प्राचीले बताइन् । उदार मन भएकी छात्रा प्राचीले जस्तै उनका भाइ १३ वर्षीय सक्षम ऐरले पनि आफ्नो जन्मदिनको खर्च जोगाएर केही महिनाअघि पेप्सीकोला टाउन प्लानिङमा रहेको सुशीला संरक्षण सेवा केन्द्रमा आश्रति १० जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरेका थिए ।
सानेपास्थित नाइल स्टि्रम एकेडेमीकी संस्थापक प्राचार्य रहेकी सङ्गीताले छोराछोरीलाई दिएको खर्च राम्रो काममा सदुपयोग भएकोमा प्रसन्नता व्यक्त गर्दै यस्तो कार्यबाट अरू छात्रछात्रा पनि प्रेरित हुनसक्ने बताउनुभयो । रासस
|