
पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।
सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको खबर नयाँ पत्रिकाले छापेको छ ।
इलामको जमुना र माइमझुवामा डेरी उद्योगले कम चिल्लोयुक्त छुर्पी उत्पादन गर्न थालेका छन् । छुर्पीको माग बढेसँगै मूल्यमा समेत वृद्धि भएको छ । एक बर्षअघि प्रतिकिलो २ सय ८० रुपैयाँमा बिक्री हुने छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।
|