
निजामती सेवामा आबद्ध केही युवाहरुले ‘सारथी दर्पण’ नामक मासिक पत्रिका बजारमा ल्याएका छन् ।
पत्रिकामा भर्खरै पाठ्यक्रम परिवर्तन गरिएको शाखा अधिकृत देखि नायब सुब्बा र खरिदार पदका पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तुका साथै समसामयिक विषयवस्तु, ऐन नियमबारे जानकारीका साथै बौद्धिक परीक्षण र विषयगत अभ्यासलाई महत्व दिइने दाबी प्रकाशकको छ । ‘सारथी दर्पण’ हरेक महिनाको पहिलो हप्ता बजारमा आउनेछ ।
|