तपाइको आजको राशिफल

आज विक्रमसंवत् २०६९ साल चैत ०१ गते बिहीबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ मार्च १४, नेपाल संवत् ११३३, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व), तृतीया तिथि, चैत्र सङ्क्रान्ति, रेवती नक्षत्र, ब्रह्म योग, तैतिल र गर करण, मीन राशीको चन्द्रमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान पुण्यको कार्य गर्नु होला । पूर्व वा दक्षिण दिशामा रहेको कुनै मन्दिरको दर्शन भ्रमण गरेर घरमा रातो लुगा लगाई बस्नाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ र साँझमा रोकिएको काम बनेको समाचार सुन्न पाइने छ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो समय आएको छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । शत्रुहरु पराजित हुनेछन् । सानोतिनो यात्रा हुने सङ्केत छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
 असल समय छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ । कामको दायित्व थपिने छ धैर्य गर्नुहोस् । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । आम्दानीमा कमी आउने छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रातो गाइलाई खानेकुरा प्रदान गर्नुभयो भने चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । अनि आज विपरीतलिंगीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । शुभ कुराको संकेत मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिकूल समय चल्दैछ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । पेट र नसा सम्बन्धी रोग देखिन सक्छ । आँखाको समस्या पनि आउन सक्छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी, पशुपालन र कृषिव्यवसायमा संलग्न व्यक्तिका लागि आजको दिन अनुकूल हुनेछ । अध्ययनअध्यापन कार्यमा बाधा उत्पन्न हुनेछ । व्यापारबाट सामान्य लाभ नै हुनेछ तर मध्याह्नपछि मन्दी छाउनेछ । भोगविलासमा मन जानेछ । सृजनात्मक सफलता मिल्नेछ ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दुःख र झमेला व्यहोर्नु परे पनि आज आम्दानीको बाटो राम्रो छ । परदेशीहरुले त बेलुकी दिनभरि कमाएको खानपान र मनोरञ्जनमा सिध्याउन बेर लाउँदैनन् । परिवारमा रमाइलो जमघट र नौलो मान्छेको आगमन हुने सङ्केत छ । प्रेम सम्बन्धमा भने तिक्तता आउने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चिन्तन र अध्ययनका लागि त्यत्ति राम्रो दिन छैन । व्यापार व्यवसायमा भने ठिकठिकै छ । अनावश्यक गफगाफमा दिन बिताउनु पर्नेछ । तर्क र विवादमा पछि सर्नु नै राम्रो हुनेछ । बिहानको समयभन्दा साँझको समय बढी निराशाजनक रहने छ ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरैमा बस्नेले पारिवारिक सुख प्राप्त गर्नुका साथै छोटो दूरीको रमाइलो यात्रा पनि गर्ने सम्भावना छ । व्यवसायिक क्षेत्रबाट फाइदा हुने योग छ । काम गर्दागर्दै अचानक निराशाको अनुभूति हुनेछ । अचानक रिस पनि उठ्नसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम खालको छ । राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । आजको थोरै प्रयासले विदेश र उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । विद्यार्थीका लागि त्यति राम्रो दिन छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । साँझपख अचानक धन लाभ हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ अनि मात्र आजको दिन अनुकूल हुनेछ ।

 आजको राशिले जे जस्तो बताए पनि तपाइहरुको दिन पूर्ण सफल रहोस भनि कामना गर्दछौ !
भिडिओमा हेर्न तल क्लिक गर्नुस्....

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger