
तीन बर्षको बीचमा पहिलोपटक सुरु भएको ठूलो स्केलको प्रर्बद्धन योजनामा क्षेत्रीय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानल, छापा, आउटडोर र डिजिटल मिडियालाई सहभागी बनाइने इत्तिहादले जनाएको छ । इत्तिहादका चिफ कमर्सियल अफिसर बउम गार्टनरले भन्नुभयो- ‘थुप्रै बर्षपछि यो हाम्रो पहिलो ब्राण्ड प्रोमोसन बिज्ञापन हो, उत्कृष्ट सेवामा सर्मर्पित भएसँगै अब हामीले बिश्वलाई हाम्रो ब्राण्डको बोध गराउनुपर्ने बेला आएको छ ।’ एमएण्डसी सात्ची कम्पनीले बनाएको बिज्ञापन कन्सेप्टलाई रोउग फिल्म लण्डनमा निर्माण गरिएको हो भने डेभिड इडवार्डसले निर्देशन गरेका हुन् । सन् २०१२ को डिसेम्बर मध्यदेखि सन् २०१३ जनवरी मध्यसम्म अबुधावी, सिड्नी, बैंकक र पाराग्वेमा छायांकन गरिएको हो ।
हेर्नुहोस् भिडियो
|