पब्लिक फाईनान्सका संचालक भासु पक्राउ

१७ पुस, काठमाडौं । प्रहरीले ठगी मुद्दाका फरार पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक रन्जिप भासुलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भासुलाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको हो । सोही कसूरमा फरार रहेकी सरिता श्रेष्ठ, राम नारायण प्रधान, रोशन शरेष्ठ, प्रताप के.सी. र रादेश कुमार प्रधान यसअघि नै पक्राउ परेका छन् । २०५५ सालमा काठमाण्डौं, कमलादीमा बैंकिङ्ग कारोबार गर्न खोलिएको पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक भासुसहितका पदाधिकारी र कर्मचारीले प्रचलित ब्याजदर भन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेप-कर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्बसाधारणलाई झुक्याई २ करोड ६३ हजार २ सय ८ रूपैयाँ ९४ पैसा रकम ठगी गरी फरार भएका थिए ।
 उनीहरूले संस्थाको नाममा सहकारी ऐनको परीधिभन्दा बाहिर गई निक्षेपकर्ताको बचत सुरक्षण विना मनपरी ढंगले कृतिम ब्यक्तिहरु श्रृजना गरी, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि मात्र राखि, हातको तथा खुट्टाको किर्ते छाप लगाई ऋण प्रवाह गरी रकम हिनामिना गरेका थिए भने वचतकर्ता तथा संस्थाको नियम विपरीत विना स्वीकृति ‘अजम्वरी माया’ नामको फिल्म ४६ लाखभन्दा बढी लागतमा निर्माण गरेको तथा बिसौं लाख पर्ने गाडी संस्थाकै नाममा खरीद गरी एक बर्ष नपुग्दै लिलाम बिक्रि गरी आफन्तलाई सकार गर्न लगाई रकमको अत्याधिक दुरुपयोग गरेका थिए । काठमाण्डौं जिल्ला अदालतको ६२ साल साउन ३२ गते प्रतेकलार्इ १३ लाख ३७ हजार ५ सय ४७ रूपैयाँ र एक बर्ष कैद सजायके फैसला गरेको थियो । भासु समेत भएको अर्को ठगी मुद्दामा ८१ हजार जरीवाना सुनाइएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger