विद्यार्थीले निमित्त प्रधानाध्यापकलाई ५ घण्टा थुने

१७ पुस, नुवाकोट । विद्यार्थीको हराएको हाजिरकापी खोज्नाको सट्टा प्रधानाध्यापकले कनिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको विरोधमा विद्यार्थीहरुले निमित्त प्रअसहित ११ जना पाँच घन्टा थुनिदिएका छन् । विदुर -५ माझीटारमा रहेको च्वाडी पब्लिक उच्चमाविमा मंगलबार मध्याहृनदेखि कार्यालय कक्षामा विद्यार्थीले तालाबन्दी गरेपछि निमित्त प्रअ विष्णु बजगाईंसहित शिक्षक विष्णु चित्रकार, सुरेन्द्र मुडभरी, श्यामसुन्दर पुडासैनीसमेत थुनिएका हुन् ।
 विद्यालयको विवादको समाचार सङ्कलनका लागि पुगेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शिव देवकोटासहित केही अभिभावक थुनिएका थिए । पाँच घन्टापछि जिल्ला शिक्षा कार्यालयको अगुवाइमा बुधबार सर्वपक्षीय बैठक बोलाउने सहमतिपछि मात्र विद्यार्थीले ताला खोलिदिएका थिए । एक र ९ कक्षाका विद्यार्थी हाजिरकापी दुई साताअघिदेखि हराएको छ । कापी नखोजी पुस २२ मा हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्न प्रअ निर्मल केसीले विद्यालयकै कनिष्ठ शिक्षक बजगाईंलाई निमित्त प्रअ दिएको भन्दै विद्यार्थीले प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला शिक्षा समितिले व्यवस्थापन समितिको पदाधिकारीमा उम्मेदवार हुनाका लागि ५१ प्रतिशत हाजिर भएका विद्यार्थीका अभिभावकले मात्र पाउने व्यवस्था गरेपछि उक्त हाजिरकापी हराएको शिक्षक चन्द्र उप्रेतीले बताउनुभयो । रासस
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger