ती बालिकाले तालिबानको विरोधमा पनि आवाज उठाउँदै आएकी थिइन्। उनको टाउको र घाँटीमा गोली लागेको छ। स्कूल बसमा गोली हान्दा उनीसँगै रहेका दुई बालिका पनि घाइते भएका छन्।
बीबीसीको वेबसाइटमा नाम नखुलाई लेखेको ब्लगका कारण उनी अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि समेत मनोनीत भएकी थिइन्। उनले पाकिस्तानको राष्ट्रिय शान्ति पुरस्कार समेत जितेकी थिइन्। अहिले उनी पेशावरको अस्पतालमा सिकिस्त छिन्। चिकित्सकहरुका अनुसार उनको टाउकोबाट गोली निकाल्न सकिएको छैन।
घाइते मलालालाई पेशावर अस्पताल लगिँदै। तस्बिर सौजन्यः जहान्जइब हक/ट्विटर - स्रोत नागरिक निउज
|