Featured Post Today
print this page
Latest Post

अब ब्याक्टेरियाबाट विद्युत

अब ब्याक्टेरियाबाट विद्युत
 अहिलेसम्म रसायनबाट व्याट्री बनाइने गरिएकोमा अब जैविक वस्तुबाट समेत व्याट्री बनाउन सकिने भएको छ । बेलायती वैज्ञानिकहरुले बायो व्याट्रीको निर्माणमा महत्वपर्ूण्ा सफलता मिलेको दाबी गरेका छन् । बायो व्याट्री मा ब्याक्टेरियाबाट विद्युत उत्पादन हुन्छ । अध्ययनबाट पहिलोपटक के पुष्टि भएको छ भने ब्याक्टेरियालाई धातु तथा लवणकोे सतहमा राखिएमा त्यसको कोषझिल्लीबाट विद्युतप्रवाह सम्भव हुन्छ । यसबाट ब्याक्टेरियालाई सिधै इलेक्ट्रोडमा आबद्ध गर्न सकिने सम्भावनाको ढोका खुलेको वैज्ञानिकहरुले बताएका छन् । यो सँगै सुक्ष्मजैविक इन्धन कोष तथा बायो व्याट्रीको निर्माणको निकै नजिक पुगिएको उनीहरुको दाबी छ । इस्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुले सामुद्रिक ब्याक्टेरिया सेवानेल्ला वनेडेनिसमा अनुसन्धान गरिरहेका छन् । उनीहरुले यो ब्याक्टेरियाको कृत्रिम रुप तयार पारी ब्याक्टेरियाको भित्री भागबाट विद्युत प्रवाह गराउन सफल भए ।

  शोधकर्ता टोलीका प्रमुख डाक्टर टम क्लार्क भन्छन्, ब्याक्टेरियाले धातु तथा लवणमा विद्युत प्रवाह गराउन सक्छ र यस्तो विद्युत प्रवाह ब्याक्टेरियाको प्रोटिनमा निर्भर गर्छ । उनी भन्छन्, हाम्रो अनुसन्धानले देखाएको छ की प्रोटिनले लवण सतहमा प्रत्यक्ष रुपमा छोएर विद्युत धारा उत्पादन गर्छ । यसको अर्थ ब्याक्टेरियालाई धातु तथा लवणको सतहमा राखी विद्युत प्रवाह गराउन सकिन्छ ।’ यी ब्याक्टेरियालाई सुक्ष्मजैविक इन्धन कोषको रुपमा समेत प्रयोग गर्न सकिने र यिनीहरुको सहयोगमा अन्य जैविक पदार्थको विच्छेदनमार्फ विद्युत उत्पादन गर्न सकिने दाबी उनको छ ।

सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो फिचरसहित)

सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो फिचरसहित) 
 यो जोडी निकै निडर छ जो डरलाग्दा जंगली जनावरसँग मज्जाले हेलमेल गर्छ र ती जनावरलाई डोराएर जंगल सयर गर्छ । एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी चिताहा, सिंहसँग खेल्छन्, अँगालो मार्छन् र सुम्सुम्याउँछन् । जाम्बियाका यी दम्पतीले एक प्रजनन केन्द्र खोलेर यस्ता डरलाग्दा जंगली जनावर हुर्काइरहेका छन् र आङै सिरिंग हुनेगरी ती जनावरको साथी बनेका छन् ।

  जाम्बियाको उक्त बिग क्याट सेन्टरमा हुर्काइएका सिंह, चिताहा लगायतका जनावर निकै डरलाग्दा भैसकेका छन् र कतिपय अब जंगलमा छाड्ने तयारीमा पनि छन् । यिनीहरु निकै हिंश्रक देखिन्छन् र जुनसुकै बेला मान्छेमाथि आक्रमण गर्नसक्ने खतरा हुन्छ । तर मागिनी दम्पतीलाई त्यो खतराको कुनै परवाह छैन । हेरौँ सिंह र चिताहा सँगको यो डरलाग्दो र रहरलाग्दो हेलमेल 


पारस अस्पतालबाट डिस्चार्ज भए(केहीदिन चिकित्सकको निगरानीमै भिडियो खबर

 हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज हुनु भएको छ । गत फागनु ८ गते गम्भीर खालको हृदयघात भएपछि पारसलाई उपचारका लागि बैंकक्स्थित सामितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उहाँको १२ दिनपछि मात्रै होश खुलेको थियो । अस्पतालबाट डिस्चार्ज गरिएपनि पूर्व युवराज पारस अभै केहीदिन चिकित्सकको निगरानीमै रहने अस्पतालले जनाएको छ । पारसलाई हृदयघात भएपछि पूर्व राजदम्पति र पारस पत्नी हिमानी बैंकक् गएका थिए । उनी एक महिना बैंककमै रहेर आराम गर्नेछन् । उनको उपचारमा बैंककस्थित बरिष्ठ चिकित्सहरु सक्रिय थिए । अस्पताल भर्नाको बेला स्थिर रहेको उनको मुटुको धड्कन केही दिनपछि मात्रै नियमित भएको थियो । चिकित्सहरुको लामो प्रयासपछि उनको शरीरको तापक्रम सामान्य बनेको हो । हेर्नुस भिडियो खबर.. 

नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा यसरी झिकियो हेर्नुस भिडियो खबर

नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा यसरी झिकियो हेर्नुस भिडियो खबर
 महेन्द्रनगर नगरपालिकास्थित सिद्धार्थ बैंक र नविल बैंकबाट भारतीय एटिएम कार्ड प्रयोग गरी अनधिकृत रुपमा पैसा झिक्नेगरेको एक भारतीय समुह नेपाल प्रहरीको फन्दामा परेको हो । भारत उत्तरखण्ड राज्य घर भएका मोहन सिंह विष्ट, सुरेन्द्र विष्ट र चन्द्र सिंह विष्टलाई प्रहरीले नक्कली २७ वटा एटिएम कार्ड सहित पक्रेको छ । हेर्नुस भिडियो खबर....

 

तपाइको आजको राशिफल

तपाइको आजको राशिफल
 आज विक्रमसंवत् २०६९ साल चैत १६ गते शुक्रबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ मार्च २९, नेपाल संवत् ११३३, चैत्र कृष्णपक्ष (अगलागा), द्वितीया तिथि, चित्रा नक्षत्र, व्याघात योग, गर र वणिज करण, तुला राशीको चन्द्रमा...see more 

Exchange Rate for 29 March, 2013

घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है?
Exchange Rate for 29 March, 2013 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. 
Indian Rupee 100 160.00 
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.70
 87.30 
European euro 1 110.66 
 111.43 
UK pound sterling 1 131.36 
 132.27 
Swiss franc 1 90.86 
 91.49 
Australian dollar 1 90.44 
 91.07 
Canadian dollar 1 85.29 
 85.88 
Singapore dollar 1 69.81 
 70.29
 Japanese yen 10 9.23
 9.29 
Chinese renminbi (Yuan) 1 13.95 
 14.05 
Only Buying rates Currency Unit Rates/Rs. 
Swedish Krone 1 13.27 
Danish Krone 1 14.85 
Hong Kong dollar 1 11.17 
Saudi Arabian riyal 1 23.12 
Qatari riyal 1 23.81 
Thai baht 1 2.96 
UAE Dirham 1 23.60 
Malaysian ringgit 1 28.00 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger