Featured Post Today
print this page
Latest Post

विश्वको सबैभन्दा तिब्र गतिको मोबाइल फोन सार्वजनिक

स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् । हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो ।
 जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ । चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न । सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।

किन लाग्छ दिउसोमा बढि निद्रा ?

रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जो दिउसो पनि धेरै समय सुत्छन् । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोउँ दिउसो एक पटक निद्रा लागेर झुलाउँछ । वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा निकै तल र्झछ । उर्जाको लेवल तल झरेकैले मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसोमा केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउसोमा निकै धेरै निद्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा सूचक हो । त्यसैले दिउसोमा धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् । यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ ।
 अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निद्रा नपर्दा दिउसोमा निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ । दिउसोमा बढि निद्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निद्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् । दिउसोमा पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोनी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ । तपाइँलाई दिउसोमा निकै निद्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन । सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ तर माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

पारसको उपचार फेसबुकमा गलत प्रचार(स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं,फागुन १४ । हृदयघात भएपछि थाइल्यान्डको बैंकक स्थित समितिभेद अस्पतालमा उपचार गराई रहनुभएका पूर्व यूवराज पारसको शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । लामो समयदेखि स्थीर रहँदै आएको उनको स्वास्थमा आइतबार आन्तरिक रक्तश्राब रोकिएपछि सुधार आएको हो । उनहाँको शरिरको तापक्रम बढेको छ । चिकित्सकहरुका अनुसार सोमबार उहाँको शरिरको तापक्रम ३५ डिग्री पुगेको छ । आइतबार उहाँको शरीरको तापक्रम करिब ३४ डिग्री थियो भने गत बुधबार २८ डिग्रीरहेको थियो । भिडियो समाचार हेर्नुस......

भ्रष्टचार विरुद्धको एक्लो प्रयास भिडियो हेर्नुस ...

के तपाइँ बिरामी हुँदै हुनुहुन्छ ? ८ दिनअघि नै टि्वटरले बताइन्छ

टि्वटर केवल अब अभिव्यक्तिको ससक्त मञ्च मात्र रहेन । माइक्रोब्लगिङ साइट टि्वटर अब भविष्यवेत्ता समेत बनेको छ । साँच्ची टि्वटरले व्यक्तिगत स्वास्थ्य तथा बिमारको भविष्यवाणी गर्दैछ । हो, शोधकर्ताहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसमार्फत टि्वटरले कुनै व्यक्ति बिरामी पर्दैछ भन्ने कुरा त्यसको ८ दिनअघि नै घोषणा गरिदिन्छ । अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो एप्लिकेसनको विकाश गरेका हुन् । हिटम्याप नामको यो एप एउटा यस्तो प्रणाली हो जसबाट टि्वटरको सहायताले आपसमा भेट हुने मानिसको स्वास्थ्यको विश्लेषण गर्न सकिन्छ । शोधकर्ता एडम सडिलेक र उनको टोलीले यो प्रविधि विकाश गरेको हो । यसक्रममा उनीहरुले सन् २०१० मा ६ महिनासम्म ४४ लाख टि्वटर प्रयोगकर्ताको जिपिएस ट्याग टि्वटको विश्लेषण गरेका थिए । यो प्रविधिले स्वस्थ व्यक्तिको टि्वटलाई लुकाइदिन्छ र संक्रमण प्रभावित स्थलमा रहेका व्यक्तिहरुलाई चेतावनी युक्त सन्देश दिन्छ । यसबाट फ्लु जस्ता रोगको फैलावटका बारेमा पूर्वानुमान गर्न सकिने दाबी उनीहरुको रहेको छ ।

कुकुरसँग मस्ती गर्दै घरबेटी युवती

अमेरिकाको लस भेगासमा एक २३ वर्षे युवती आफ्नै घर अगाडि घरकै कुकुरसँग सेक्स गर्दै गरेको अवस्थामा फेला परेकी छिन् । कारा भान्डेरेक नामकी ती युवती घरको आँगनमा नांगै भएर कुकुरसँग सम्भोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीहरु घरको गेट खोलेर हस्तक्षेप गर्नका लागि नजिकै आउँदा समेत ती युवतीले परवाह नै नगरी कुकुरसँगको पाक्क्रिडालाई निरन्तरता दिएकी थिइन् । 
 आफु द्धिलिंगी भएको बताउने ती युवती नशामा लटि्ठएको र सुरुमा आफ्नो नाम समेत भन्न नसकेको बताइएको छ । ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर उनी विरुद्ध उजुरी दर्ता गरेको छ भने बरामद गरिएको कुकुरलाई जनावर नियन्त्रण कार्यालयमा बुझाइएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger