Featured Post Today
print this page
Latest Post

तपाइको आजको राशिफल

आज मिति २०६९ साल माघ महिनाको १५ गते सोमबार प्रतिपदा त्तिथि,तदनुसार २८ जनवरी २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त? राशिफल हेर्न तल क्लिक गर्नुस!!

 

Milan Ma Hudo Rahechha – New Nepali Adhunik Geeet 2013 By Anju Panta

Milan Ma Hudo Rahechha – New Nepali Adhunik Geeet 2013 By Anju Panta

लसुन खानुका फाइदा

लसुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ । यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:
 लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ । दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ । सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

-साझासवाल:बैकल्पिक उर्जाका श्रोतहरु कति प्रभावकारी हुन सक्छन

विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ ।ऊर्जा अभावलाई सम्वोधन गर्न बैकल्पिक उर्जाका श्रोतहरु कति प्रभावकारी हुन सक्छन भन्ने विषयमा छलफल भएको आजको साझा सवालमा बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. गोविन्द पोख्रेल र उर्जा विश्लेषक रत्नसंसार श्रेष्ठ हुनुहुन्छ। हेर्नुस साझा सवाल



 

हर्के हल्दार,Harke Haldar | January 27th 2013

आजको हर्के हल्दार हेर्न तल क्लिक गर्नुस

सुनिलले उडाए फुच्चे ‘हेलीकोप्टर’(भिडियो सहित)

१४ माघ, काठमाडौं । एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।
 यसरी उडेको थियो सुनिलले बनेको हेलिकोप्टर हेर्नुस भिडियो


 

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger