Featured Post Today
print this page
Latest Post

‘शिरीशको फूल’बिरुद्ध निर्माता अदालतमा


शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतको ढोका ढकढकाएका छन । चलचित्रमा लगानी लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन । फिल्म निर्माण गर्दा आफुहरुले लगानी गरेपनि निर्देशकले पछि अर्कैसँग प्रर्दशनको सम्झौता गरेर लगानी डुबाउन खोजेको उनीहरुको आरोप छ । फिल्म प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा बिहीवार नै सुनुवाई हुने बताइएको छ । फिल्म बनाइरहेको पारिजात प्रतिष्ठानले फिल्म निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए । लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।

 कृतिमाथि अन्याय गरेको आरोप 
कृतिमाथि फिल्म बनाउन अनुमति दिएको पारिजात स्मृति केन्द्र पनि निर्माणपक्षसंग असन्तुष्ट छ । कृतिको मर्म बिग्रनेगरी मनपरी दृष्य राखिएको, कथाको अन्त्य बियोगान्त भएपनि फिल्ममा संयोगान्त बनाइएको, उपन्यासको मर्मविपरित फिल्मलाई धार्मिक प्रकृतिको र रोमान्टिक बनाउन खोजिएको भन्दै स्मृति केन्द्रले फिल्मप्रति आपत्ति जनाएको छ । जापानी निर्देशक तोसिआकी इतोको निर्देशनमा बनेको फिल्म प्रर्दशन नहुंदै थरीथरीका लफडाको सामना गर्नुपरेको छ ।

उपचार गर्न गएका नेपाली कोरियाको अस्पतालबाटै पक्राउ

सोल । बिरामी भएर उपचारका लागि अस्पताल पुगेका एक नेपाली दक्षिण कोरियास्थित अस्पतालबाटै पक्राउ परेका छन् । ज्वरो र पखलाले सताएर उपचार गराउन कोरियाको थेगु अस्पताल पुगेका पोखराका सुरज सुनुवारलाई अस्पतालले पक्रउ गरी मंग्लबार अध्यागमनलाई जिम्मा लगाएको हो । पाँच महिनादेखि अवैधानिक रूपमा कोरियामा रहँदै आएका सुनुवारलाई अस्पतालले उपचारका क्रममा परिचयपत्र माग गर्दा नभेटिएपछि प्रहरीलाई बोलाई जिम्मा लगाएको कोरियाका ब्यवसायी बुद्धि गुरुङ्गले बताउनु भएको छ । मंगलवारमात्रै उनले आफु उपचारका क्रममा पक्राउ परेको फोनबाट मामा हिरा सुनवारलाई जानकारी गराएका थिए । कोरियन अध्यागमन विभागले छापा मार्दा मात्र अवैधानिक विदेशी मजदुरहरूलाई पक्राउ गर्ने गरिए पनि उपचारका क्रममा हस्पिटलले नै पक्रउ गरी अध्यागमनलाई जिम्मा लगाउनुलाइ अनौठो मानिएको छ ।

 कोरियामा अवैधानिक नेपालीहरूको सङ्ख्या अन्य देशको तुलनामा कम रहेको छ । सबै भन्दा बढी अवैधानिक चाईनिज, भियतनाम, ईन्डोनेशिया र मंगोलियाका रहेका छन । अवैधानिक नेपालीहरू चार प्रतिशत रहेको कोरियास्थित थेजन अध्यागमन विभागको एक सर्वेक्षणले देखाएको छ । पछिल्लो दिनमा इपीएसबाट आएका नेपालीहरु पनि अबैधानिक बन्ने क्रम बढिरहेको छ । सामान्यतया नेपालबाटै कामदार लैजाने कम्पनीले अनुमति दिएको खण्डमा तीनवटासम्म कम्पनी परिवर्तन गर्न पाउने ब्यबस्था भएपनि कम्पनीले अनुमति नदिंदा पहिलोपटक कम्पनी छाड्दा नै अबैधानिक हुने गरेका छन ।

Rajatpat – May 01, 2013

Rajatpat – May 01, 2013

 

नेपालमा बिजुली उत्पादन गर्न अमेरिका र भारतले ४० अर्ब दिने


१८ वैशाख, काठमाण्डौं । अमेरिका र भारतका बहुराष्ट्रिय कम्पनी मिलेर नेपालको जलविद्युतमा लगानी गर्न सरकार समक्ष प्रस्ताव गरेका छन् । भारतको चर्चित बहुराष्ट्रिय कम्पनी यसार र अमेरिकाको गि्रन भेन्चर इन्टरनेसनलले एकसय ८० मेगावाट क्षमताको कालीगण्डकी कोबान आयोजना निर्माणमा लगानी गर्न संयुक्त रुपमा प्रस्ताव गरेका हुन् । उक्त आयोजनाको अनुमानित लागत करिब ४० अर्ब रुपैयाँ छ । 
 नेपाली साझेदार अम्बेश्वर इन्जिनियरिङसित संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा यी कम्पनीले उक्त आयोजनाको बिजुली खरिद सम्झौता -पीपीए) का लागि हालै उर्जा मन्त्रालय र बिद्युत् प्राधिकरणमा निवेदन दिएका छन् । यसार समूहले अमेरिका र क्यानडासहित २० मुलुकमा स्टिल, तेल, ग्यास, उर्जा, सञ्चार, निर्माण सामग्री र खनिज क्षेत्रमा काम गरिरहेको छ । ७० हजारभन्दा बढी कामदार रहेको यो कम्पनीको बाषिर्क आय १५ अर्व अमेरिकी डलर छ । जलविद्युतमा प्रत्यक्ष लगानी आउन नसकिरहेका बेलामा भारत र अमेरिकाका प्रतिष्ठित कम्पनीले चासो देखाउनुलाई उत्साहजनक रुपमा लिइएको उर्जा सचिव हरिराम कोइरालाले बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । पुरा भिडियो हेर्नुस..

Exchange Rate for 02 May, 2013

Exchange Rate for 02 May, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 85.90
 86.50
 European euro 1 113.31
 114.11
UK pound sterling 1 133.76
 134.70
Swiss franc 1 92.51 
 93.16
 Australian dollar 1 88.89
 89.51
Canadian dollar 1 85.37
 85.96
Singapore dollar 1 69.75
 70.24
Japanese yen 10 8.80
 8.87
Chinese renminbi (Yuan) 1 13.93
 14.03
Only Buying rates Currency Unit Rates/Rs.
Swedish Krone 1 13.27
Danish Krone 1 15.20
Hong Kong dollar 1 11.07
 Saudi Arabian riyal 1 22.90 
Qatari riyal 1 23.59
Thai baht 1 2.94
UAE Dirham 1 23.39
Malaysian ringgit 1 28.23
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

होटेल, जहाँ खानासँगै खानुपर्छ आमाचकारी गाली

भुतले खान पस्किने र लाशसँगै बसेर खानुपर्ने होटलका बारेमा हामीले विचित्र संसारमा केही दिन अघि खबर प्रकाशन गरेका थियौँ । आज हामीले तपाइँलाई फेरी अर्को त्यस्तै अनौठो होटलको परिचय गराउँदै छौँ जहाँ छिरेपछि केवल खाना मात्र होइन सुन्दै कन्सिरी तात्ने र रगत उम्लिने चिज पनि मन नलागी नलागी खानर्ैपर्छ । यसरी मन नलागी नलागी खानुपर्ने चिज भनेको गाली नै हो । वास्तविक कुरा के भने त्यो होटलमा खानासँगै आमाचकारी गाली पनि सुन्नुपर्छ । होटलको नारा नै छ कि खाना भए खाउ नभए भाँडमा जाउ ।

 अमेरिकाको शिकागो नजिकै रहेको लिंकन पार्कस्थित भेनस र्सर्किल नामको उक्त होटलमा यस्तो अनौठो घटना भोग्नपर्छ । यो होटल विभिन्न खालका परिकारका लागि जति चर्चित छ त्यहाँ पाइने गालीका लागि झनै चर्चित छ । हरेक हप्ताको अन्तिम दिन यस्तो गाली दिने चलन छ होटलमा । यो होटलमा निकै हसिमजाक पनि हुन्छ । ग्राहकहरु कफि शेक माग्नुको साटो महिला वेटरसँग भन्छन्, सेक योर बुब्स अर्थात् त्रि्रा स्तन हल्लाउ । ग्राहकको चाहना मुताविक वेटरे आफ्ना वक्षस्थल देखाएर हल्लाउँछन् र त्यो बापत इनाम माग्छन् । यस्तोमा २० डलर इनाम दिनु सामान्य जस्तै हुन्छ । यहाँ आउने ग्राहकहरु मालिकसँग, कर्मचारीसँग तथा आफूआफूमा झैझगडा गर्नु, गाली गलौज गर्नु सामान्य हो । यो रात्रीकालिन होटलमा रातिसम्मै गाली गरागर हुन्छ तर कुटाकुट भने कुनै हालतमा हुन पाउँदैन । अमेरिकामा डिक्सलास्ट नामको रिसोर्ट पनि छ । यहाँको चलन झनै अनौठो छ । त्यहाँ ग्राहक छिर्ने बित्तिकै उसको आलोचना गरिन्छ र झगडा गर्न उक्साइन्छ । यो रेष्टुरेन्टमा यतिसम्म हुन्छ की ग्राहकको कपाल भुत्लाइन्छ, कपडामा फोहोर फ्याँकिन्छ, खाइरहेको बेला टेबुलमा कागज फ्याँकिन्छ, ग्राहकलाई पक्रेर बाँधिन्छ पनि । यी सबै काम हँसिमजाकमा भएका हुन्छन् त्यसैले रिसराग नभई स्वस्थ मनोरञ्जन प्राप्त गरिन्छ । रक्सीको नशाले मात्तिएका ग्राहकले आफुलाई गरेको आमाचकारी गालीको समेत कुनै इख लिने कुरै भएन ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger