Latest Post
विश्व खबर
गरिवीले पुर्यायो आविस्कारसम्म
गरिवीकै कारण उपचार गर्ने पैसा नभएर अहिले पनि विश्वमा धेरै मानिसले आफ्नो ज्यान गुमाउनु परेको छ । तर, कहिले काहिँ गरीवीले नै कमाल गरिदिन्छ । चीनका एक हृयू सान्गवेनको हकमा यस्तै भएको छ । नान्जिङ्ग प्रान्तका हृयू सानैदेखि मेट्रोलोजिस्ट बन्न चाहन्थे । सन् १९९३ मा उनको यो सपना पुरा हुने अवस्था थियो तर, बिरामी भएका कारण सम्भव भएन । उनको किड्नी खराव भएपछि मेट्रोलोजिस्ट त बन्न सकेनन् नै, उपचार खर्चको खभावमा ज्यान नै जाने अवस्था आयो । उनलाई रहेक ६ दिनमा अस्पताल गएर रगत परिर्वतन गर्नु पर्ने भयो । सुरुमा भएको सम्पत्ति खर्च गरेर उनको उपचार थालियो तर, ६ वर्षसम्म उपचार गर्दा पनि रोग निको भएन । उल्टै भएभरको पैसा सकियो । यसका बावजुत हृयूले हिम्मत हारेनन र आफै डायलोसिस मिसन बनाउने निर्णयमा पुगे । डाक्टरहरुको चेतावनीका बावजूत केही सर्जिरी सामान र किचनका सामानको प्रयोग गरेर उनी मेसिन बनाउन मात्र सफल भएनन्, १३ वर्षदेखि त्यही मेसिनको सहयोगमा बाँचिरहेका छन् । उनको आविस्कारले एक्सटर्नल किड्नीको काम गरिरहेको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
ह्याकरको निशानामा ट्वीटर
हृयाकरहरुले अब ट्वीटरलाई निशाना बनाउन थालेका छन् । अमेरिकामा सूचना सुरक्षा विभागका सोशल मिडिया निर्देशक बाब लर्डका अनुसार लगभग साढे २ लाख मानिसको ट्वीटर एकाउन्टको पासवर्ड चोरी भइसकेको छ । उनका अनुसार हृयाकरहरुले यूजरनेम, इमेल ठेगाना र अन्य तथ्यांकहरुसमेत हात पारिसकेको छन् । अमेरिकी मिडिया घराना र टेक्नोलोजी कम्पनीहरुको जस्तै ट्वीटर एकाउन्टको सुरक्षामा पनि कमजोरी रहेको बताइएको छ । हालै मात्र न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलको वेबसाइट हृयाक भएको थियो । चिनियाँ नेताको समाचार छापिएपछि चिनियाँहृयाकरहरुले आफ्नो वेबसाइट हृयाग गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । न्यूयोर्क टाइम्स चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नातेदारसँग अर्बौं डलर सम्पत्ति रहेको दावी गरेको थियो । तर, चीनले भने उक्त आरोपलाई अस्वीकार गरिसकेको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
गीत
New Lok Folk Song 2013 - Chhod Deu Sath - by Ramji Khad & Muna Thapa Magar
New Lok Folk Song 2013 - Chhod Deu Sath - by Ramji Khad & Muna Thapa Magar
के छ त यहाँ भित्र
गीत
विश्व खबर
अन्तरराष्ट्रिय भिडियोमा प्रियंका (भिडियो सहित)
बलिउड नायिका प्रियंका चोपडा प्रतिभाशाली कलाकारको रुपमा चिनिन्छिन् । विभिन्न कारणले चर्चामा आइरहने प्रियंका यतिबेला विश्वभर छाउने क्रममा छिन् । नायिकाबाट गायिका समेत बनेकी प्रियंकाले हालै मात्र आफ्नो पहिलो अन्तरराष्ट्रिय गीतको भिडियो तयार पारेकी छिन् । यो भिडियोमा चोपडा निक्कै आकर्षक समेत देखिएकी छिन् ।‘इन माई सिटी’ नामक एल्बममा समावेश एक गीतमा प्रियंकाले भारतिय र पश्चिमेली संकृतीको फ्युजन गराएकी छिन् । यो एल्बम तयार गर्न करिब ४ महिना लागेको प्रियंकाले बताएकी छिन् । एल्बममा समावेश अन्य गीतको भिडियो समेत छिट्टै बजारमा ल्याउने तयारी बलिउड देशी गर्लको छ ।
के छ त यहाँ भित्र
विश्व खबर



