Latest Post
समाचार
माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तँ आफ्नो हातमा लिएको दिन
आज माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै शासन सत्तँ आफ्नो हातमा लिएको दिन। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शुक्रबारका दिन प्रजातन्त्रको हत्या गर्दै शासन सत्तँ आफ्नो हातमा लिएका थिए।
के छ त यहाँ भित्र
समाचार
विश्व खबर
फेसबुकले यौनसाथी खोजिदिने
आफ्ना प्रयोगकर्ताको लागि केही न केही नयाँ खुराक ल्याएर खुसी पार्ने सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने भएको छ । उसले यसअघि नै जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ । फेसबुकले ‘व्याङ विद् फे्रन्डस’ मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसनमार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन् । सर्तअनुसार अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई निरन्तरता दिन पाउने छन् । कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेका हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ । हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकपि्रय भइरहेको छ । यसको प्रयोगकर्ताको संख्या ३० हजार पुगेको छ । यो एप्लिकेसन इन्स्टल गर्दा ‘वाल्ली मी’ ट्यावलाई क्लिक गर्नुपर्छ । यसपछि सूचीमा आवद्ध साथीलाई सेक्स पार्टनर बन्ने प्रस्ताव पठाउन सकिन्छ । यो स्वीकारेमा फेसबुकले मेल पठाएर आधिकारिक जानकारी दिनेछ । यसपछि आपसी सहमतिमा प्रोग्राम सेट गर्न सकिनेछ ।
के छ त यहाँ भित्र
विश्व खबर
साबधान
महिलाले लुकाउने पाँच कुरा
पूरानो उखानै के छ भने महिलाको चरित्र भगवानले पनि बुझ्न सक्दैनन् । हुनत अहिलेको जमानामा यसो भन्यो भने त्यो महिलाहरुप्रतिको हिंसा ठहर्ला । तर अध्ययनहरुले पनि के देखाएका छन् भने महिलाहरुको जिन्दगी रहस्यले भरिएको हुन्छ । महिलाहरुको मस्तिष्कमा जे कुरा चलिरहेकेा हुन्छ त्यो उनको मनसँग मेल खाँदैन भनिन्छ । एक सोसल मिडिया वेबसाइटले महिलाहरुमा गरेको एक सर्वेक्षणले पनि महिलाहरुले जिवनमा केही कुराहरु आफ्नो जिवनसाथीलाई समेत नबताउने र आफ्नै मनमा मात्र सिमित गर्छन् । केही कुराहरु त्यस्ता हुन्छन् जो महिलाहरुले कुनैपनि दोश्रो मान्छेलाई भन्दैनन् । अझ आफ्नो ब्वायफ्रेण्ड वा जिवनसाथीसँग उनीहरुले लुकाउने कुराहरु विशेष प्रकारकै हुन्छन् । महिलाहरुले आफ्नो प्रेमीसँग लुकाउने विषयहरु निम्न छन् :
१. प्रेम प्रसंग : अध्ययन अनुसार महिलाहरु चाहे दशौँ युवकसँग प्रेम किन नगरुन् तर उनीहरुले हरेक पछिल्लो प्रेमीसँग आफुले पहिलोपटक प्रेम गरेको बताउँछन् । आफ्नो पूर्व प्रेम प्रसँगको खुलासा किमार्थ गर्दैनन् महिलाहरु । तर पुरुषहरु भने यो मामिलामा केही हदसम्म खुल्ला हुन्छन् ।
२. महिलाहरुले आफ्नो पार्टनर वा प्रेमीसँग लुकाउने अर्को कुरा हो आफ्नी साथीसँग भएका कुराहरु । केटी केटीहरुको बीचमा हुने कुरा, केटी साथीहरुका व्यक्तिगत जिवनका कुराहरु चाहे ती निकै महत्वपूर्ण वा सुनाउन लायक किन नहोउन् तर महिलाहरुले सित्तिमित्ति अरु केटीका कुरा आफ्नो प्रेमी वा लोग्नेसँग गर्दैनन् ।
३. यद्यपि यो कुरा सबै महिलाको हकमा लागु नहुन सक्छ । तर आम महिलाको औषत विशेषता के हो भने उनीहरु आफ्नो प्रेमीलाई आफुले प्रयोग गर्ने कस्मेटिक सामानहरु वा मेकअपका सामानहरुको बारेमा बताउन चाहँदैनन् । मेक अप नगरिकनै आफु सुन्दर भएको देखाउन र आफु निकै सुन्दर रहेको भान प्रेमीलाई परोस् भन्नका लागि महिलाहरुले आफ्नो मेकअपको रहस्य खोल्न नचाहने बताइएको छ ।
४. विगतका दुखद क्षण : आफ्नो वर्तमान प्रेमीसँग महिलाले लुकाउने अर्को विषय हो आफ्नो विगतको दुखद, पीडादायी वा विछोडको क्षण वा घटना । यस्तो कुरा बताउँछ अहिलेको सम्बन्धमा दरार आउन सक्ने शंका महिलाहरुमा हुन्छ ।
५. नातागोताप्रतिको भावना : एक जना पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाका आमाबुवा, बहिनी, भाइ वा अरु नातागोताको विषयमा सच्चा मनले प्रसंसा वा आलोचना गर्छ । तर महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाले आफ्नो सासु, ससुरा, नन्द, देवर, आमाजु वा श्रीमानको घर तर्फका नातागोता वा प्रेमीका आफन्तहरुको बारेमा बोल्ने कुराहरु वा गर्ने प्रसंसाहरु भित्री मन देखिका हुँदैनन् । महिलाले उल्लेखित नातेदारको प्रसंसा गरिन् भनेपनि त्यसबाट मख्ख भै हाल्नुपर्ने स्थिति हुँदैन । किनकी अध्ययन अनुसार महिलाले आफ्नो पार्टनरका नातेदारप्रतिको भित्री मनको भावना कहिल्यैपनि बोलीबाट प्रकट गर्दैनन्, भित्री मनमा नकारात्मक भावना भएपनि बाहिर प्रसंसा गरिरहेका हुन्छन् ।
के छ त यहाँ भित्र
साबधान
विश्व खबर
कस्तो बाख्रो ? घाँस होइन कुखुराका चल्ला खाने
बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।
यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो । सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
युट्युबमा भिडियो हेर्न पैसा तिर्नुपर्ने
चर्चित भिडियो साइट युट्युबमा निशुल्क रुपमा आफुले चाहेका भिडियोहरु खोजी खोजी हेर्न पाइन्छ । तर अब निकट भविष्यमै युट्युबमा भिडियो हेर्न चाहनेले पैसा तिर्नुपर्नेछ वा सित्तैमा युट्युबमा भिडियो हेर्न पाइनेछैन । गुगलको भिडियो साइट युट्युबुले यो वर्षको अन्त्यसम्ममा युट्युबका केही सामाग्रीहरु हेर्नका लागि पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । सबै खालका भिडियोहरुका लागि पैसा तिर्नु नपरेपनि केही विशेष खालका भिडियोहरु भने केवल सशुल्क रुपमा मात्र उपलब्ध हुनेछन् । समाचार अनुसार युट्युबले आफ्नो सशुल्क सेवाको तयारी स्वरुप विभिन्न भिडियो निर्माता कम्पनीहरुलाई साझेदारीको लागि आग्रह गर्दै युट्युबलाई सशुल्क च्यानलको रुपमा विकशित गर्न सहकार्यको लागि उनीहरुले उत्पादन गरेका भिडियोहरु पठाउन आग्रह गरेको छ । विश्वको नम्बर वान भिडियो वेबसाइटको रुपमा रहेको युट्युब अहिलेसम्म विभिन्न खालका अनौपचारिक तथा घरेलु वा गैर नाफामूलक खालका भिडियोहरुका कारण समेत चर्चित बनिरहेको बेला गुगलले अब युट्युबलाई व्यवसायिक भिडियोहरुको च्यानलको रुपमा विकशित गर्ने सोँच बनाएको हो । अहिलेसम्म रहेका अव्यवसायिक भिडियोहरुको छेउँमा आउने विज्ञापनहरुबाट कमाइ गरिरहेको युट्युबले सशुल्क सेवापछि अब भिडियोहरुबाटै आम्दानी सुरु गर्नेछ भने भिडियो निर्माताहरुले पनि सोही अनुरुप कमाउनेछन् । गुगलको योजना अनुसार भिडियोहरुको संख्या वा प्रकारको आधारमा उपभोक्ताहरुबाट महिनाको १ देखि ५ डलर सम्म शुल्क लिएर युट्युबमा भिडियो हेर्ने सुविधा उपलब्ध गराइनेछ । यद्यपि गुगलले भने यो बारेमा कुनै आधिकारिक जानकारी गराएको छैन ।
के छ त यहाँ भित्र
विश्व खबर





