Ghar Beti Ba | January 28th 2013
Latest Post
विश्व खबर
के तपाइँलाई विश्वमा रहेको यस्तो समाजको बारेमा थाहा छ, जहाँ रगत पिउनुलाई निकै पवित्र मानिन्छ ? के तपाइँलाई विश्वको यस्तो देशको बारेमा थाहा छ जहाँ पति पत्नी कहिल्यैपनि सँगै खाना खाँदैनन् ? छैन भने अब थाहा पाउनुहुनेछ । यहाँ हामीले विश्वको त्यस्तो रहस्यमय देश तथा त्यहाँको प्रथाका बारेमा जानकारी प्रस्तुत गरेका छौँ जुन पढेर तपाइँ छक्क पर्नुहुनेछ । हो, इथियोपियाको दक्षिणी इलाकामा बस्ने बोदी जनजातीहरुको नयाँ वर्ष मनाउने काइदा नै बेग्लै छ । उनीहरु गाइ मारेर नयाँ वर्ष मनाउँछन् । ठूलो ढुंगाले गाइको टाउकोमा हानेर मार्ने गरिन्छ । त्यसपछि उसको सरीर च्यातेर रगत पिइन्छ । त्यस्तै काँसो जनजाती इथिओपियाको धनी जनजातीमध्येको एक मानिन्छ । यहाँका महिला केवल सेतो रंगको स्कर्ट मात्र लगाउँछन् । यद्यपि आधुनिकता सँगै उनीहरुले अरु लुगा समेत लगाउन थालेका छन् । इथिओपियाको कोरचो कारो गाउँस्थित ओमा नदीको किनारामा बस्ने ओरका र नयांनगाटोम नामका जनजाती बस्छन् । यी दुर्इ जनजाती बीचमा प्रायः लडाइँ भैरहन्छ र कहिलेकाहीँ त मर्ने मार्ने अवस्थासम्मै पुग्छन् । त्यस्तै एक जनजाती समाजमा युवतीहरुको कौमार्य अर्थात् भर्जिनिटी सबैभन्दा ठूलो मानिन्छ । विवाहअघिको सेक्स सबैभन्दा ठूलो अपराध मानिन्छ । अझ रोचक कुरा त के भने विवाह पछि पनि लोग्ने स्वास्नीले एकैठाउँ बसेर खाना खान पाउँदैनन् ।
प्रथा पनि कस्ता कस्ता (फोटोफिचर सहित)

के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
फेसबुकका मालिक जुकरबर्ग कार्यकर्ता बनेर राजनीतिमा
फेसबुकका मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला । तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न लागेका हुन् । जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् । यसै क्रममा मध्य फेब्रुअरीमा उनको क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ । न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ । स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका प्रत्यासी समेत ठानिएको छ । रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ । स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३ वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।
के छ त यहाँ भित्र
विश्व खबर