Latest Post
विश्व खबर
ड्रग्सको लत छुटाउन दिमागको अप्रेसन
चीनमा लागू औषध प्रयोगकर्ताहरुको सख्या ठूलो छ । मानिसहरुलाई लागू औषधको लतबाट मुक्त गराउन डाक्टरहरुले ड्रग्स सेवनपछि खुशी महसुस हुने दिमागको उक्त भागलाई सर्जरी गरेर नष्ट गर्दैछन । यसले लागू औषध सेवनकर्ताहरुको लत छुट्ने बताइएको छ । यसलाई स्टीरियाटेक्टिक एब्लेशन भनिन्छ । दिमागको उक्त भाग नष्ट गर्दा व्यक्तिको प्राकृतिक बस्तुहरुप्रतिको रुची, भावना र खुसी महसुस गर्ने क्षमता पनि प्रभावित हुन सक्छ । अमेरिका र बेलायतमा उपचारै हुन नसक्ने डिप्रेसनबाट पीडित केहीको उपचारमा यो बिधिको प्रयोग गरिन्छ । बिरोध तर, यो बिधिको प्रयोग गर्न नहुने विज्ञहरुको मत पनि चर्को छ । यो विधिबाट उपचार गरिएको ६० रोगीमध्ये अधिकांशमा दीर्घकालिन प्रभाव देखियो । उनीहरुको स्मरण शक्तिमा समस्या आएको छ । ५ वर्षभन्दा कम समयमा नै ५३ प्रतिशत फेरि नशामा लतमा फेसे । चिनियाँ अध्ययनका अनुसार २१ प्रतिशत रोगीमा कमजोर स्मरण शक्ति देखियो भने १८ प्रतिशत रोगीमा प्रेरणाको कमी भएको पाइयो ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
विश्वभरी २०१२ मा घटेका मुख्य घटनाहरु (फर्केर हेर्दा २०१२)
समग्रमा हेर्दा कस्तो रह्यो त २०१२ एक चोटी हेरौ
के छ त यहाँ भित्र
समाचार
समाचार
एउटै फिल्ममा २ सय ६२ सेक्स
बलिउड नायक अर्जुन रामपाल र नायिका चित्रांगदा सिंह अहिले चर्चमा छन् । उनीहरुको चर्चा भने सन् २०१३ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्कार’का कारण भएको हो । बलिउड निर्देशक सुधीर मिश्राको निर्देशनमा बनेको फिल्म इन्कारमा २ सय ६२ पटक सेक्स शब्दको प्रयोग गरिएको जनाइएको छ । फिल्ममा कयौं दृष्य र संवाद अत्यधिक बोल्ड रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फिल्ममा अत्यधिक बोल्ड दृष्य भएका कारण त्यहाँको सेन्सर बोर्डले फिल्म काट्न सक्ने सम्भावना रहेको समेत जनाइएको छ । प्रकाश झाको निर्माणमा बनेको फिल्म इन्कारका निर्देशक सुधीर मिश्रालाई फिल्मको मूख्य कथा चोरेको आरोप समेत लागेको छ । मिश्रामाथी सन् २००४ मा बलिउडमा प्रदर्शनमा आएको फिल्म ‘ऐतराज’को कथा चोरेको आरोप लगाएको जनाइएको छ । तथापी इन्कारका अभिनेता अर्जुन रामपालले भने यस कुरालाई अस्वीकार गरेको बताइएको छ । अर्जुनका अनुसार फिल्म ‘इन्कार’ कार्यालयमा हुने यौन शोषणमा आधारित रहेको छ । फिल्ममा अर्जुनलाई नायिका चित्रांगदाको यौन शोषण गरिरहेको देखाइएको उल्लेख गरिएको छ ।
के छ त यहाँ भित्र
समाचार
गीत
नेपाली लोक गित Dherai Maya Garchhu
Dherai Maya Garchhu By Bishnu Majhi and Ramji Khand
के छ त यहाँ भित्र
गीत
समाचार
आजभन्दा ५ बर्ष अघिसम्म नेपालमा पारिवारिक सिरियलको वर्चस्व थियो । टेलिभिजनमा सबैभन्दा धेरै दर्शक यस्तै सिरियलले पाउने गर्थे । सिरियलमा अभिनय गर्ने कलाकारको क्रेज सिनेमाको नायकको भन्दा कम थिएन । परिचय, मुक्ति, प्रतिद्धन्दी, करुणा, गहना, संयोग जस्ता सिरियल आज पनि दर्शकको दिमागमा घुमिरहेका छन् ।तर परिचयसँगै ओरालो लागेका सिरियलको क्रेज आज हराएको छ । दर्शकमा यस्ता सिरियलप्रतिको चाहना र उत्सकुता शुन्यमा झरेको पाइन्छ । अहिले टेलिभिजनको पर्दामा विशेषगरी कमेडिको बाढि नै लागेको छ । तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी जस्ता हास्य सिरियलको क्रेज ह्वात्तै बढेको छ । विज्ञापनदाताहरु पनि यस्तै सिरियलमा पैसा लगानी गर्न इच्छुक देखिन्छन् । मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल नेपालमा पारिवारिक सिरियल उठ्नै नसक्ने गरी धराशायी बनेको बताउँछन् । विशेषगरी कमेडी सिरियलको प्रभाव बढ्दा पारिवारिक सिरियल सुतेको उनको भनाइ छ । धितालले पारिवारिक सिरियलले भारतीय सिरियलको नक्कल गरेकाले पनि यस्तो अवस्था आएको बताए । उनले भने, ‘भारतीय सिरियलको नक्कल मात्र गर्ने तर उनीहरुको जस्तो गुणस्तर दिन नसक्दा दर्शकले नेपाली सिरियल मन पराउन छोडेका हुन् ।’
किन ध्वस्त हुँदैछन् नेपालमा पारिवारिक सिरियल ?
आजभन्दा ५ बर्ष अघिसम्म नेपालमा पारिवारिक सिरियलको वर्चस्व थियो । टेलिभिजनमा सबैभन्दा धेरै दर्शक यस्तै सिरियलले पाउने गर्थे । सिरियलमा अभिनय गर्ने कलाकारको क्रेज सिनेमाको नायकको भन्दा कम थिएन । परिचय, मुक्ति, प्रतिद्धन्दी, करुणा, गहना, संयोग जस्ता सिरियल आज पनि दर्शकको दिमागमा घुमिरहेका छन् ।तर परिचयसँगै ओरालो लागेका सिरियलको क्रेज आज हराएको छ । दर्शकमा यस्ता सिरियलप्रतिको चाहना र उत्सकुता शुन्यमा झरेको पाइन्छ । अहिले टेलिभिजनको पर्दामा विशेषगरी कमेडिको बाढि नै लागेको छ । तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी जस्ता हास्य सिरियलको क्रेज ह्वात्तै बढेको छ । विज्ञापनदाताहरु पनि यस्तै सिरियलमा पैसा लगानी गर्न इच्छुक देखिन्छन् । मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल नेपालमा पारिवारिक सिरियल उठ्नै नसक्ने गरी धराशायी बनेको बताउँछन् । विशेषगरी कमेडी सिरियलको प्रभाव बढ्दा पारिवारिक सिरियल सुतेको उनको भनाइ छ । धितालले पारिवारिक सिरियलले भारतीय सिरियलको नक्कल गरेकाले पनि यस्तो अवस्था आएको बताए । उनले भने, ‘भारतीय सिरियलको नक्कल मात्र गर्ने तर उनीहरुको जस्तो गुणस्तर दिन नसक्दा दर्शकले नेपाली सिरियल मन पराउन छोडेका हुन् ।’नेपाली माटो र नेपालकै रहनसहन सुहाउँदा सिरियललाई बिर्सिएर विदेशीको नक्कल गर्दा नेपालमा पारिवारिक सिरियलप्रति दर्शकको चाहना र चासो घटेको विश्लेण गर्छन् सोम धिताल । यस्तै नेपाल टेलिभिजनले समेत यस्ता सिरियललाई प्राथमिकता नदिएको उनको भनाइ छ । सुपर प्राइम टाइममा कमेडी या राजनीतिक बहसका कार्यक्रम प्रशारण हुन थालेपछि सिरियलले राम्रो समय नपाएको धितालको भनाइ छ । उनले भने, ‘नर्मल समय पारिवारिक सिरियलका लागि छुट्टाइएकाले पनि यसको क्रेज हराउँदै गएको हो ।’ मिडिया हबमा अहिले पनि ५७ भन्दा बढी सिरियलहरु थुपि्रएर बसेका छन् । तर यसबारेमा न त नेपाल टेलिभिजनले सोचेको छ, न त विज्ञापनदाताले नै । कमेडी सिरियलको क्रेज घट्दै गएपछि के गर्ने भन्ने योजना न त नेपाली संचारमाध्यमसँग नै छ न त मिडिया हब जस्ता एजेन्सीहरुले नै गरेका छन् । सफल सिरियल ‘परिचय’ निर्देशन गरेका निर्देशक ऋषि लामिछाने नेपाल टेलिभिजनलाई पैसा र पावरले चलाएका कारण यस्तो अवस्था आएको बताउँछन् । उनले भने, ‘नेपाल टेलिभिजनले सिरियललाई उपेक्षा गर्दै समय नछुट्टाएका कारण यो क्षेत्र धराशायी बनेको हो ।’ सामान्य समयमा समेत टेलिभिजनको समय महङ्गो हुनु र एजेन्सीहरु सिरियललाई लगानी गर्न इच्छुक नहुने मुख्य कारण भएको लामिछानेको भनाई छ । नेपाल टेलिभिजनले सिरियलका लागि राम्रो समय छुट्टाइदिने हो भने आफुले अझै पनि उत्कृष्ट सिरियल बनाउन सक्ने दाबी उनको छ । मानवीय संवेदना बोकेका सिरियलहरुले दर्शकलाई चेतना समेत जगाउने काम गर्छन् । तर, यसको महत्व सरोकारवालाहरुले नबुझ्दा नेपालमा सिरियलको बजार ध्वस्त हुँदै छ ।
के छ त यहाँ भित्र
समाचार




