Latest Post
साबधान
बेलायतको हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरियाले एन्टीबायोटिकको प्रतिरोधात्मक क्षमताको तिब्र विकास गरेकाले एन्टीबायोटिकले काम नै नगर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । चिकित्सकहरुले डाक्टरहरुको सिफारिसमा मात्र एन्टीबायोटिक खान आग्रह गर्छन् । साथै डाक्टरले भनेको जत्ति दिन नै यस्ता औषधी खानु पर्छ । रोग निको भयो भन्दै विचमा नै छाड्दा ब्याक्टेरियाहरुले एन्टीबायोटिक प्रतिरोधात्मक क्षमताको तिब्र विकास गर्ने गर्छन् ।
एन्टीबायोटिक खानु अघि एकपटक सोच्नुस्
आमरुपमा सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर, चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको आविश्कार भने निक कम गतिमा भएको छ ।
बेलायतको हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरियाले एन्टीबायोटिकको प्रतिरोधात्मक क्षमताको तिब्र विकास गरेकाले एन्टीबायोटिकले काम नै नगर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । चिकित्सकहरुले डाक्टरहरुको सिफारिसमा मात्र एन्टीबायोटिक खान आग्रह गर्छन् । साथै डाक्टरले भनेको जत्ति दिन नै यस्ता औषधी खानु पर्छ । रोग निको भयो भन्दै विचमा नै छाड्दा ब्याक्टेरियाहरुले एन्टीबायोटिक प्रतिरोधात्मक क्षमताको तिब्र विकास गर्ने गर्छन् ।
के छ त यहाँ भित्र
साबधान
साबधान
महिलाको यौनसुख बारेका ६ तथ्य
यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ । महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् ।
१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
२.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।
के छ त यहाँ भित्र
साबधान
सिनेमा संसार
चलचित्र सेन्सरबोर्डका नवनियुक्त अध्यक्ष नारायणप्रसाद सञ्जेलको नीति छ, ४ सेकेन्ड लामो किस, ४ सेकेन्ड लामो वेड सीन । सिनेमाभित्र योभन्दा लामो दृश्य राखेमा बोर्डले कैंची चलाउने पक्का छ । यसको शिकार चलचित्र थ्री लभर्स भैसकेको छ । थ्री लभर्समा ४ सेकेन्ड लामो किस सिन र ४ सेकेन्ड लामो वेडसिनमात्र राख्न सेन्सर बोर्डले आदेश दिएको छ ।
चार सेकेन्ड किस’ र ‘वागवान’को पक्षमा सेन्सरबोर्ड
चलचित्र सेन्सर बोर्डमा नयाँ अध्यक्ष आएसँगै सिनेमा क्षेत्रमा एक प्रकारको त्रास फैलिएको छ । नेपाली चलचित्रमा चुम्बन र बेड सिनलाई सामान्य मान्दै गएपनि नव अध्यक्ष भने यसको पक्षमा छैनन् । सिनेमालाई प्रदर्शनको अनुमति दिने या नदिने निर्णय सेन्सर बोर्डको हुने भएकाले पनि चलचित्रकर्मीले सामान्य आवाज उठाउनुभन्दा अन्य केही कदम चाल्न सक्ने सम्भावना छैन ।
चलचित्र सेन्सरबोर्डका नवनियुक्त अध्यक्ष नारायणप्रसाद सञ्जेलको नीति छ, ४ सेकेन्ड लामो किस, ४ सेकेन्ड लामो वेड सीन । सिनेमाभित्र योभन्दा लामो दृश्य राखेमा बोर्डले कैंची चलाउने पक्का छ । यसको शिकार चलचित्र थ्री लभर्स भैसकेको छ । थ्री लभर्समा ४ सेकेन्ड लामो किस सिन र ४ सेकेन्ड लामो वेडसिनमात्र राख्न सेन्सर बोर्डले आदेश दिएको छ । यतिमात्र होइन, चलचित्र सेन्सर गर्न पुगेका केही निर्माता भन्छन्, नवनियुक्त अध्यक्षलाई हिन्दी चलचित्र वागवानजस्तो नेपाली चलचित्र चाहिँदो रहेछ । बोर्डका अध्यक्ष सञ्जेल नेपाली सिनेमा वागवानजस्तो बन्नु पर्ने भनाइ राख्छन्, एक चलचित्रकर्मीले भने ।
हिन्दी चलचित्र बागवान विशुद्ध पारिवारिक चलचित्र थियो । सेन्सर बोर्डले सामान्य दृश्यमा समेत कैंची चलाउन थालेपछि चलचित्रकर्मीहरुमा एकप्रकारको त्रास फैलिएको छ । पछिल्ला धेरैजसो नेपाली सिनेमाभित्र चुम्बन र बेडसिनका दृश्यहरु समावेश गरिएका छन् । तर, सेन्सर बोर्ड यस्ता दृश्यलाई पास नगर्ने पक्षमा रहेको वुझिन्छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
अचम्मको घटना
महिलामा सेक्सको भोक शनिवार राति सबैभन्दा बढि
सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।
बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो । स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो । तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।
के छ त यहाँ भित्र
अचम्मको घटना



