Featured Post Today
print this page
Latest Post

टेलिकमद्वारा मोबाइल बिटिएस भ्यान सञ्चालनको तयारी

१८ मंसिर, काठमाण्डौ । देशका विभिन्न सहरलाई केन्द्रीत गरी नेपाल टेलिकमले छिट्टै थप दशवटा मोबाइल बिटिएस भ्यान सञ्चालनमा ल्याउने तयारी गरेको छ । टेलिकमले जस्तोसुकै अवस्थामा मोबाइल सेवा सुचारु गर्नको भ्यान सञ्चालनमा ल्याउन लागेको हो ।

 बिटिएस भ्यान विराटनगर, हेटौँडा, पोखरा भैरहवा, नेपालगञ्ज धनगढी र काठमाडौँलाई केन्द्रीत गरेर सञ्चालनमा ल्याउन लागेको टेलिकमका सहप्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँले तिहारलगतै दशवटा बिटिएस भ्यान नेपाल भित्रिएको र देशका विभिन्न सहरमा जडान कार्य भइरहेको जानकारी दिनुभयो । 

                 टेलिकमका विभिन्न क्षेत्रका कर्मचारीहरुलाई भ्यान सञ्चालनका लागि तालिम दिएपछि सञ्चालनमा आउने छ । भ्यान सञ्चालनमा आएपछि भिडभाड भएको स्थानमा गुणस्तरीय सेवा प्रदान गर्न र चलिरहेको प्रणाली स्तरोन्नती गर्दाका समयमा सेवालाई निरन्तरता दिन सकिने टेलिकमले जनाएको छ । यसअघि टेलिकमले काठमाडौँलाई केन्दि्रत गरेर तीनवटा मोबाइल बिटिएस भ्यान सञ्चालनमा ल्याएको थियो ।

युवकको तिघ्रामा तरुनीका स्तन (फोटोफिचर)

मान्छेको रुची पनि अचम्मकै हुन्छ । हुँदाहुँदा एकजना युवकले आफ्नो तिघ्रामा स्तन प्रत्यारोपण गराए । क्यानडाका लेन जेन्सन नामका व्यक्तिले आफ्नो तिघ्रामा स्तन प्रत्यारोपण गरेका हुन् ।

 केही समय पहिले इन्टरनेटमा सनसनी मच्चाएको यो खबर तथा दृश्यहरु हेर्दैमा आङ सिरिंग हुन्छ । उनले खुट्टामा एक युवतीको टाटु बनाएका छन् । उक्त टाटु चित्रकी युवतीको छातिमा भने प्रत्यारोपण गरेर साँच्चीकै स्तन बनाएको छ । 

प्रचण्डले फेरि दिए विद्रोहको चेतावनी

१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनकारी र प्रतिगमनकारी शक्तिबीच संघर्ष जारी रहेको भन्दै जनताले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने बताउनु भएको छ । कसले सहमतिका लागि साँचै पहल गरेको छ र को कुर्सीका निम्ति मरिमेटेको छ भनेर जनताले हेरिरहेको भन्दै उहाँले यथास्थितिबादीहरुले यसलाई बुझ्न नसके विद्रोह गर्ने चेतावनी दिनुभयो । 

          ‘समस्या समाधानको निम्त कसले आफ्नो तर्फबाट त्याग गर्न तयार भयो र कसले त्याग गर्न तयार भएन, को साँचै कुर्सीको निम्ति मरिमेटेको छ त्यो नेपाली जनताले हेरेको छ’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो-’यदि यथास्थितिबादीहरुले यसलाई बुझेनन् भने एक दिन त्यस्तो दिन आउनेछ, जनताले फेरि नयाँ ढंगले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने छन् ।’ आफू दलहरुबीच सहमति जुटाउन प्रयासरत रहेको भन्दै उहाँले छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

 माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको र लोकतान्त्रिक आन्दोलनको उपलब्धी रक्षाका लागि चिन्तित रहेको बताउनु भयो । संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रचण्डले भन्नुभयो-’दलहरुकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ ।’ वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर अगाडि बढ्नु नै संवैधानिक र व्यावहारिक भएको उहाँको भनाइ थियो ।

नेता नेपाललाई स्थानीयले घेरेपछि सुरक्षाकर्मीलाई धौ धौ

 वीरगञ्ज, मंसिर १७- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्भौताका स्थानीयले घेरेपछि उनलाई निक्लिन सुरक्षा परिचालन गर्नुपर्‍यो। जिल्ला क्षेत्र नम्बर ५ को क्षेत्रीय सभालाई सम्बोधन गर्न पर्साको दुर्गम गाउँ सम्भौतामा पुगेका उनलाई स्थानीय ओरिया नदीमा पुल नबनाएको आक्रोशमा स्थानीयले घेरेका हुन !
भारतीय सीमासँग जोडिएका ९ वटा गाउँलाई अलग पार्ने ओरिया नदीमा यतिका दिनमा पुल बन्न नपाएको आक्रोश पोख्दै स्थानीयले ब्यानर र प्लेकार्डसहित घेरा हाली नारावाजी गरेका थिए।सभाबाट फर्किन लागेका नेता नेपाल चढेको गाडीलाई प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्ट नेतृत्वको टोलीले उनलाई घेराबाट निकाले थियो। प्रहरीको स्कर्टिङमा आइसकेका नेपाल चढेको गाडीलाई स्थानीयले केही परसम्म लखेटेको थियो।

२०५८ सालमा २ करोड ५३ लाखमा सडक विभागबाट सो नदीमा पुल बनाउन ठेक्का दिइए पनि ४० प्रतिशत रकम लिएर ठेकेदार भागेपछि पुल बन्न सकेको छैन्।ओरिया नदीको पुलबारे सभास्थलमा पुग्नसाथ ज्ञापनपत्र पाएका नेता नेपालले मञ्चमा पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। उनले राष्ट्रिय राजनीति संकटबाट गुज्रिरहेकाले यसबाट विकास निर्माणका काम पनि अवरुद्ध भएको प्रष्ट्याए। उनले पूरा भाषण भोजपुरीमा गरे।उनले बाबुराम भट्टराई सरकारबाट नहटेसम्म सहमतिको सरकार र नयाँ चुनाव नहुने बताए।

फेसबुकले कुइनोलाई स्तन देखेपछि...

मेलवर्न, मंसिर १४ (एजेन्सी) - कुनै पनि महिलाको कुइनो र स्तनमा के फरक हुन्छ ? फेसबुकका लागि यी दुईमा अन्तर छैन। हालै सामाजिक सञ्जाल फेसबुकले बाथटबमा रहेकी एउटा महिलाको फोटो हटाएको छ। हटाउनुको कारण हो उनको कुइनो।
डीप अन्डरस्ट्यान्डिङ अफ दिङ्स् सिद्धान्तका आधारमा कुइनो स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो। फेसबुक उपयोग गर्दा पालन गर्नुपर्ने नियमका आधारमा कुनै पनि अस्लिल अर्थात् प्रोनोग्राफिक कुरा पोस्ट गर्न पाइन्न। फेसबुकबाट हटाइएपछि यो फोटोबारे चर्को कुरा उठ्यो। र आफ्नो ब्लन्डर सच्याउँदै फेसबुकले यो फोटो रिस्टोर गर्यो। गसिप ब्लग गोकरले फेसबुकलाई उदृत गर्दै लेखेको छ, 'हामीले गल्ती गरेको हो त्यसको लागि फोटो पोस्ट गर्नेसँग माफी मागिसकेका छौं।'

अमेरिकी हाउसबाट डिभी चिठ्ठा बन्द गर्ने विधेयक पारित

१६, मंसिर, अमेरिका । अमेरिकी संसद (हाउस अफ रिप्रजेन्टेटिभ) ले डिभी भिसा बन्द गर्ने पक्षमा मतदान गरेको छ । वर्षको ५५ हजारको संख्यामा विभिन्न देशका मानिसलाई अमेरिका ल्याइन्थ्यो । अब त्यो संख्याको भिसा यहाँ उच्च प्राविधीक शिक्षा लिएका विदेशमा जन्मेका विद्यार्थीहरुलाई दिने पक्षमा मतदान भएको छ । हाउस अफ रिप्रजेन्टेटिभमा भएको मतदानमा २४५-१३९ मत परेको थियो । 
सन् २००२ पछि नेपालका २९ हजार ८ सय ९५ जना डिभीबाट अमेरिका आएको तथ्याङ्क छ । सन् १९९० मा कानुन ल्याएपछि डिभी चिट्ठाको सुरुवात सन् १९९५ मा भएको हो । डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त ‘ग्रिनकार्ड’ पाउँदै आएका छन् । डिभी २०१४ भरेकाको परिणाम सन् २०१३ मे महिनामा पहिलो सूची आउँछ । 
 पछिल्लो चरणमा डिभीमा बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (नर्दर्न आयरल्यान्डबाहेक) तथा यसका अधिनका भू-भाग र भियतनामका नागरिकले सहभागी हुन पाउँदैनन् । हङकङ, मकाउ र ताइवानमा जन्मेको व्यक्तिले डिभीमा सहभागी हुन पाउँछ । योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी बासिन्दा हुने आधार थिएन । चिठ्ठाका लागि नेपालको १२ कक्षा तह मात्र पुरा भएको हुनुपर्थ्यो । विशेषज्ञता चाहिन्नथ्यो । २०१३ मे र पछि परिणाम आउनेको चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger