Featured Post Today
print this page
Latest Post
Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

सपनाको असर दाम्पत्य सम्बन्धमा


 एक नयाँ अध्ययनले पहिलोपटक हामीले देख्ने सपनाले हाम्रो प्रेम वा दाम्पत्य सम्बन्धमा प्रभाव पार्ने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार अघिल्लो रातमा देखेको सपनाको प्रभाव अर्को दिन हामीले आफ्नो पार्टनरसँग गर्ने व्यवहार तथा अन्तरक्रियामा पर्छ । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धोकाधडी, इष्र्या तथा अन्य खराब सम्बन्धका आचरण सम्बन्धि सपनाहरुले दाम्पत्य सम्बन्धमा तनाव ल्याउँछन् । अघिल्लो रात यस्ता खराब सपना देखियो भने अर्को दिन लोग्ने स्वास्नीबीच झगडा हुने, द्धन्द उत्पन्न हुने र सौहार्दतामा कमी आउने शोधकर्ताहरुको निष्कर्ष छ । ‘धेरै मानिसहरुले उनीहरुले देख्ने सपनाका विषयमा ध्यान दिँदैनन् र त्यसले उनीहरुको मगजको अवस्थामा पार्ने प्रभावका बारेमा पनि अनभिज्ञ हुन्छन् ।’ मुख्य शोधकर्ता तथा मेरिल्याण्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डाइलान सेल्टरम्यान भन्छन् । उनका अनुसार पछिल्लो अध्ययनले सपना र दाम्पत्य सम्बन्धका बीचमा दहि्रलो सम्बन्ध रहेको देखाएको छ । यो अध्ययनको निष्कर्ष सोसल साइकोलोजी एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।

२९ वर्षे उमेरमा महिलाको कपाल सबैभन्दा ‘सेक्सी

महिला कति वर्षको उमेरमा छँदा उनको कपाल सबैभन्दा सुन्दर बन्छ होला ? यसको उत्तर यसै भन्न गाह्रो छ । तर पछिल्लो एक अध्ययनले भने २९ वर्षको उमेरमा महिलाको कपाल सबैभन्दा सुन्दर र सेक्सी हुने दाबी गरेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन अनुसार २ दशक उमेरको उत्तरार्धतिर महिलाले आफ्नो कपालमाथि प्रयोग गर्न छाड्छन् जसका कारण कपाल सुन्दर बन्छ । बिस वर्षदेखि २८ वर्षसम्म भने महिलाले कपाललाई राम्रो देखाउने नाममा विभिन्न खाले रसायन तथा अन्य उपाय अपनाएर झनै खराब पार्ने गर्छन् । ३० वर्ष पुगेका महिलाहरु मध्ये १० प्रतिशतले आफुले यसअघि स्टाइलको नाममा आफ्नो कपाल बिगारेकोमा पश्चाताप गर्ने गरेका छन् । अध्ययन अनुसार महिला २९।३० वर्षको भएपछि कपाललाई स्टाइलिस बनाउन त्यसमा विभिन्न प्रयोग गर्नुको साटो कपाललाई जतन गर्छन्, कपाल सुन्दर तथा स्वस्थ बनाउन लगानी गर्छन् । ै सोही कारण महिलाको कपाल सुन्दर बन्ने अध्ययनकर्ताहरुको जिकिर छ ।

प्याजले रोक्छ शिघ्रपतन

 प्याजले केवल खानालाई स्वादयुक्त मात्र बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । सुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि सम्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइनछ । विशेषज्ञहरुका अनुसार यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

 प्याजका फाइदा यस्ता छन् : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५-५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौन क्षमता वृद्धि भएको पाउनुहुनेछ । रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् । यसले शिघ्रपतनको समस्या केही कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्नेछ ।

जमिनमा मजाले पलेटी कसेर खाना खानुका फाइदा यस्ता…


विकासको क्रमसँगै मानिसका दैनिक व्यवहार र काम गराइमा पनि फरकपन आउन थालेको छ । विज्ञान तथा प्रविधीको विकास र भोगविलासका साधनको उत्पादनका कारण हाम्रो दैनिक जीवन पनि त्यसतर्फ आकर्षित हुँदै गइरहेको छ । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबुलमा बसेर आनन्दसँग चम्चाको प्रयोग गर्दै खाना खाने गर्छौ । हाम्रो पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् । यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् । जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त: 
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
 - सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
 - यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।
 - जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
 - यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
 - यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन्

अध्ययन भन्छ : लोग्नेस्वास्नीबीच सातामा एक दिन झगडा हुनुपर्छ

 सफल तथा प्रेमपूर्ण दाम्पत्य जिवनका लागि हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक रहेको पछिल्लो अध्ययनले देखाएको छ । भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे । सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ ।

 ‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ । झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ । अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ । अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger