Featured Post Today
print this page
Latest Post
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

सर्पले लियो पूजारीको ज्यान

 ६ जेठ, वीरगञ्ज । पर्साको सुवर्णपुरमा गएराति विषालु सर्पको डसाइबाट एक स्थानीय मन्दिरका पूजारीको ज्यान गएको छ । सो गाविसमा रहेको श्री कृष्ण प्रर्णामी मन्दिरका पूजारी लक्ष्मी लामाको विषालु सर्पको डसाइबाट ज्यान गएको स्थानीयवासीले जानकारी दिएका छन् । सुवर्णपुर गाउँबाट मन्दिरतर्फ जाने क्रममा लामालाई सर्पले डसेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका लामालाई उपचारका लागि सुवर्णपुर स्वास्थ्य चौकीमा लगिएकोमा उनको राति नै उपचारका क्रममा मृत्यु गएको स्थानीयवासीले जानकारी दिएका छन् । स्थानीयका अनुसार पछिल्ला दिनमा सो गाविस आसपासमा विषालु सर्पको प्रकोप बढेको छ । प्रचण्ड गर्मीका कारण पनि सर्प प्रकोप बढेको हो । रासस

५० हजारमा नक्कली प्रहरी


६ जेठ, कपिलबस्तु । शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने एक जना पक्राउ परेका छन् । प्यूठानका २ जनालाई नक्कली नियुक्तिपत्र दिएर कार्यालयमा हाजिर गर्न पठाउने बरकुलपुर ८, भरियाटोलका दिलीप विक प्रहरीको फन्दामा परेका हुन् । प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै गर्दा पुसमा दिलीपसँग उनीहरुको चिनजान भएको थियो । दिलीपले दुबैलाई आफू नेपाली सेनाको ठूलो मान्छे भएको र ठूला नेताहरुसँग चिनजान भएकाले सजिलै जागिर लगाइदिने प्रलोभन दिएका थिए । चलाख दिलीपले छिट्टै मन जितेको कान्तिपुर दैनिकमा खबर छ । प्रहरी बन्न उत्सुक पीडितले पटकपटक गरी १ लाख बुझाएपछि दिलीपले उनीहरुलाई नियुक्तिपत्र दिएका थिए । नेपाल सरकार, गृहमन्त्रालय, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटबलको कम्प्युटरमा लेटर प्याड बनाई ०६९ माघ ३ को मिति राखेर फागुनमा उनीहरुलाई नियुक्तपत्र दिएका थिए ।

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ...

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ... 

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

आफ्नै श्रीमतीको गोली हानी हत्या


 ५ जेठ, लहान । सिरहाको दक्षिणी गाढा गाविस-९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् । आइतवार बिहान घटनास्थलबाट शव लिएर फर्किनु भएका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले राति १२ बजेतिर घरमा श्रीमतीको हत्या गरेपछि सोही गाविसको वडा नं- ३ मा रहेका साढुभाइ नन्दीलाल महतोको घरमा छोराछोरीलाई छोडी गाउँदेखि पूर्वतिर रहेको बलान नदीतिर भागेको गाउँलेलाई उद्धृत गर्दै बताउनुभयो । ‘मैले श्रीमतीको हत्या गरेँ, छोराछोरीलाई हेरिदिनु’ भन्दै छोराछोरीलाई साढुभाइको घरमा छोडेर फरार भएका श्यामसुन्दरको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले उल्लेख गर्नुभयो । घटनाको सूचना पाएलगत्तै घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । प्रहरीले महतोको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले मृतक महतोको माइती सीमावर्ती भारतीय गाउँमा भएको सूचना पाएपनि यकिन नभएपछि सुनसरीको कोसी टप्पु क्षेत्रमा बस्दै आएका सासुससुरा र जेठाजुलाई घटना लगत्तै बोलाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । रासस

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger