Featured Post Today
print this page
Latest Post
Showing posts with label राजनिती. Show all posts
Showing posts with label राजनिती. Show all posts

प्रचण्डले फेरि दिए विद्रोहको चेतावनी

१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनकारी र प्रतिगमनकारी शक्तिबीच संघर्ष जारी रहेको भन्दै जनताले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने बताउनु भएको छ । कसले सहमतिका लागि साँचै पहल गरेको छ र को कुर्सीका निम्ति मरिमेटेको छ भनेर जनताले हेरिरहेको भन्दै उहाँले यथास्थितिबादीहरुले यसलाई बुझ्न नसके विद्रोह गर्ने चेतावनी दिनुभयो । 

          ‘समस्या समाधानको निम्त कसले आफ्नो तर्फबाट त्याग गर्न तयार भयो र कसले त्याग गर्न तयार भएन, को साँचै कुर्सीको निम्ति मरिमेटेको छ त्यो नेपाली जनताले हेरेको छ’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो-’यदि यथास्थितिबादीहरुले यसलाई बुझेनन् भने एक दिन त्यस्तो दिन आउनेछ, जनताले फेरि नयाँ ढंगले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने छन् ।’ आफू दलहरुबीच सहमति जुटाउन प्रयासरत रहेको भन्दै उहाँले छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

 माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको र लोकतान्त्रिक आन्दोलनको उपलब्धी रक्षाका लागि चिन्तित रहेको बताउनु भयो । संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रचण्डले भन्नुभयो-’दलहरुकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ ।’ वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर अगाडि बढ्नु नै संवैधानिक र व्यावहारिक भएको उहाँको भनाइ थियो ।

नेता नेपाललाई स्थानीयले घेरेपछि सुरक्षाकर्मीलाई धौ धौ

 वीरगञ्ज, मंसिर १७- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्भौताका स्थानीयले घेरेपछि उनलाई निक्लिन सुरक्षा परिचालन गर्नुपर्‍यो। जिल्ला क्षेत्र नम्बर ५ को क्षेत्रीय सभालाई सम्बोधन गर्न पर्साको दुर्गम गाउँ सम्भौतामा पुगेका उनलाई स्थानीय ओरिया नदीमा पुल नबनाएको आक्रोशमा स्थानीयले घेरेका हुन !
भारतीय सीमासँग जोडिएका ९ वटा गाउँलाई अलग पार्ने ओरिया नदीमा यतिका दिनमा पुल बन्न नपाएको आक्रोश पोख्दै स्थानीयले ब्यानर र प्लेकार्डसहित घेरा हाली नारावाजी गरेका थिए।सभाबाट फर्किन लागेका नेता नेपाल चढेको गाडीलाई प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्ट नेतृत्वको टोलीले उनलाई घेराबाट निकाले थियो। प्रहरीको स्कर्टिङमा आइसकेका नेपाल चढेको गाडीलाई स्थानीयले केही परसम्म लखेटेको थियो।

२०५८ सालमा २ करोड ५३ लाखमा सडक विभागबाट सो नदीमा पुल बनाउन ठेक्का दिइए पनि ४० प्रतिशत रकम लिएर ठेकेदार भागेपछि पुल बन्न सकेको छैन्।ओरिया नदीको पुलबारे सभास्थलमा पुग्नसाथ ज्ञापनपत्र पाएका नेता नेपालले मञ्चमा पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। उनले राष्ट्रिय राजनीति संकटबाट गुज्रिरहेकाले यसबाट विकास निर्माणका काम पनि अवरुद्ध भएको प्रष्ट्याए। उनले पूरा भाषण भोजपुरीमा गरे।उनले बाबुराम भट्टराई सरकारबाट नहटेसम्म सहमतिको सरकार र नयाँ चुनाव नहुने बताए।

वाईसियलद्वारा दुई केन्द्रीय सदस्य अपहरित


काठमाडौं, २५ असोज । नेपाल विद्यार्थी संघले सत्तारुढ एकीकृत माओवादीको सहायक संगठन वाईसियलका कार्यकर्ताले केन्द्रीय सदस्य विवश वाईवा र तरुण दलका केन्द्रीय सदस्य आकाश श्रेष्ठलाई अपहरण गरेको आरोप लगाएको छ ।
नेविसंघले आज विज्ञप्ति जारी गरेर बुधबार सिन्धुली जिल्लाबाट नेविसंघ केन्द्रीय सदस्य वाईवा र नेपाल तरुण दलका केन्द्रीय सदस्य श्रेष्ठलाई वाईसियलका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । ‘वाईवा र श्रेष्ठलाई वाईसियलले सुनियोजित रुपमा अपहरण गरेको घटनाप्रति नेपाल विद्यार्थी संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘एमाओवादीको जंगली प्रवृति र गुण्डागर्र्दी शैलीको घोर विरोध गर्दछ,’ नेविसंघले चेतावनी दिएको छ, ‘यदि हाम्रा नेताहरुलाई सकुशल विना शर्त रिहाई नगरे एमाओवालीको आतंकका विरुद्व कडा रुपमा प्रस्तुत हुुने छौं ।’
नेविसंघले वाईसियलद्वारा अपहरित केन्द्रीय सदस्यद्वय वाईवा र श्रेष्ठलाई सकुशल रिहाई गर्न माग गरेको छ ।



गृहमन्त्रीले नै सुरक्षा बैठक बहिष्कार गरेपछि



६ असोज, काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारले सुरक्षा प्रमुखहरु सम्मिलित क्षेत्रिय गोष्ठीको वेवास्था गर्दै पार्टीको बैठकमा सहभागी भएका छन् ।
 सुरक्षा गतिविधि र चुनौतिबारे छलफल गर्न आयोजना गरिएको गोष्ठीको गृहमन्त्र गिच्छादारले नै शुक्रबार बिहान नौ बजे धुलिखेलमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

निर्धारित समयमा गृहमन्त्री नआएपछि गोष्ठी सुरु गरिएको थियो । गृहमन्त्री एकघण्टा ढिलो अर्थात १० बजे गोष्ठी चलेको होटलसँगैको लोकमार्ग भएर अर्को रिर्सोटमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकमा सहभागी भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ । सुरक्षा प्रमुखको गोष्ठी र गृहमन्त्री सहभागी पार्टीको बैठक बस्ने स्थान ५ सय मिटरमात्र वरपर रहेको गृहसचिव नवीनकुमार घिमिरेले बताए ।
विहान आउन नसकेपछि दिउँसो आउने जानकारी गराएका गृहमन्त्री गोष्ठीको समापन हुँदा सम्म गोष्ठी स्थलमा आएका थिएनन् ।

भट्टराईलार्इ हटाउन काँग्रेस र नेकपा-माओवादी सहमत




६ असोज, काठमाण्डौ । राष्ट्रिय सहमतिको सरकार गठन, राजनीतिक गतिरोधको अन्त्य र संवैधानिक संकट समाधानका विषयमा नेपाली काँग्रेस र नेकपा-माओवादीका शीर्ष नेताहरुवीच छलफल भएको छ । सभापति कोइरालको निवास महाराजगञ्जमा शनिवार विहान भएको भेटवार्तामा प्रधानमन्त्री डा वावुराम भट्टराईको सहमतिको वाधक भएको भन्दै सत्तावाट हटाउन मिलेर आन्दोलनमा जाने सहमतिभएको कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकाललेजानकारी दिनुभयो ।

भेटमा नेकपा-माओवादीका नेताहरुले प्रधानमन्त्रीको राजीनामा नआएसम्म नयाँ निर्वाचनमा जान नहुनेमा जोड दिएका थिए । छलफलमा आफूहरुले भट्टराई सरकारको बहिर्गमनपछि बन्ने राष्ट्रिय सरकारले मात्रै निर्वाचन गराउन सक्ने भएकाले निर्वाचनको मिति पनि त्यही सरकारले नै तोक्नु पर्नेमा जोड दिएको नेकपा माओवादीकी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।
वैठकमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकिरणले प्रमुख तीन दल र मेधशी मोर्चाले मात्रै गर्ने निर्णय आफूहरुलाई मान्य नहुनेवताउनु भएको थियो । वैद्यले चार दलको वैठकमाआफूहरुलाई पनि सहभागी गराउनु पर्ने वताउनु भएको थियो । जवाफमा सभापति कोइरालाले चार दलको वैठकमा नेकपा-माओवादीलाई पनि सहभागि गराउनु पर्नेमा आफूहरुले चारको वैठकमा कुराउठाएको वताउनु भएको थियो । कोइरालाले सवै राजनीतिक दलहरु एक नभएसम्म सहमति जुट्नत नसक्ने भएकाले सवै दल मिल्नुको विकल्प नरहेकोमा जोड दिनु भएको थियो ।
यस्तै छलफलपछि वाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडे्लले भट्टराई सरकारलाई हटाएर राष्ट्रिय सहमतिको सरकार गठन गरेर अघि वढ्ने सहमति भएको वताउनुभयो । वैठकमा काँग्रेस सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सहभागी थिए भने नेकपा-माओवादीका तर्फवाट अध्यक्ष वैद्यसहित महासचिव रामवहादुर थापा बादल, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भूषाल लगायतका नेताहरु सहभागी थिए ।
By: अनलाई खबर

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger