Featured Post Today
print this page
Latest Post
Showing posts with label यौन तथा स्वाथ्य. Show all posts
Showing posts with label यौन तथा स्वाथ्य. Show all posts

हस्तमैथुनका राम्रा पक्षहरु र साइड इफेक्ट..

 हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् । हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः

 - वीर्यस्खलन पछिको आराम
 - आनन्दको चरमोत्कर्ष
 - निद्रा लाग्न मद्दत
 - तपाईंलाई आनन्द दिन्छ साथै तनावलाई घटाउँछ 

हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्ः 
- हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।
 - बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।
 - यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।
 - हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।

अग्ला र पातला हुँदैछन् महिलाहरु

 पछिल्लो अध्ययनले महिलाहरु पहिले भन्दा अग्ला र पातला बन्दै गएको देखाएको छ । गाम्बियामा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । डरहम विश्वविद्यालयका शोधकर्ताहरुले अनुसन्धानपछि निकालेको यो निष्कर्षले विश्वका अरु देशका आम महिलाहरुको शारीरिक संरचनामा आएको बदलावलाई समेत प्रतिनिधित्व गर्ने विज्ञहरु बताउँछन् । अध्ययनले महिलाहरु स्लिम र अग्ला बन्नुका साथै दीर्घायू पनि बनेका र पहिलेभन्दा धेरै बाँच्न थालेका पनि ठहर गरेको छ । महिलाहरुमा बच्चा पाउने दर पनि घटेको छ । ५५ वर्षको तथ्यांकलाई एकत्रित पारेर विश्लेषण गरि यस्तो नतिजा निकालिएको हो । करेन्ट बायोलोजी जर्नलमा छापिएको समाचार अनुसार विश्वका देशमा महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार आइरहेको कारण मृत्युदर तथा प्रजनन दरमा उच्च मात्रामा कमी आएको छ ।

वेश्याको अनौठो तालिका : ५ पटक सेक्स, १५ मिनेट ब्रेक

अमेरिकाकामा व्यायाम सिकाउने एक जना महिलाले वेश्यावृत्तिमा लागेको स्विकार गरेकी छिन् । यो सँगै उनले वेश्यावृत्ति गर्नका लागि आफुले अनौठो समयतालिका वा नियम मान्ने गरेको पनि खुलासा गरिन् । उनको सर्त के भने उनले एक दिनमा केवल ५ जना मान्छेसँग मात्र सेक्स गर्थिन् र एक जनासँग सेक्स गरेपछि उनलाई १५ मिनेट आराम गर्ने समय चाहिन्थ्यो र १५ मिनेटको ब्रेकपछि मात्र उनले अर्को मान्छेसँग यौनक्रिडा गर्थिन् ।

  एलेक्सिस नामकी ती महिलाका अनुसार दक्षिणी मेन क्षेत्रका कैयौँ धनाढ्य पुरुषहरुले उनीसँग ओछ्यान तताइसकेका छन् । उनले आफ्ना ग्राहकसँग सम्भोगका दौरान हुने हरेक गोप्य कर्मको भिडियो बनाउने गर्थिन् र त्यसलाई स्काइपीमार्फत आफ्ना बिजनेश पार्टनर र्मा स्ट्रंगलाई देखाउँथिन् । समाचारका अनुसार उनले आफ्ना ग्राहकको नाम, ग्राहकसँग सेक्स गर्ने दिन, समय, सेक्सको तरिका तथा शुल्क लगायतका विषयको रेकर्ड राख्ने गर्थिन् । यी महिला र उनका बिजनेश पार्टनरमाथि वेश्यावृत्तिलाई बढावा दिएको लगायतका दर्जनौ अभियोग लागेका छन् । उनले आफुमाथि लागेका अभियोग स्विकार गरेकी छिन् । तर मार्कले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् ।

दह्रिलो सम्भोगका ६ काइदा

उमेर ढल्किन लागेसँगै आफ्नो पार्टनरलाई सम्भोगका सन्तुष्टी दिन कठीन बन्दै जान्छ । सम्भोगमा असक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउँछ नै यसले पुरुषका लागि आफ्नो अभिमानमा पनि ठेस पुराउँछ । त्यसकारण यौन जिवनको सन्तुष्टीका लागि स्वस्थ जिवनयापन अपनाउनु अत्यन्तै जरुरी हुन्छ । याद राख्नुहोला, महिलाले सबैभन्दा बढि एक दहि्रलो यौन सम्बन्ध नै चाहन्छन् । यो चाहना पूरा गर्नु पुरुषहरुका लागि फलामको च्यूरा चपाउनु जस्तै हुन्छ भन्दा फरक नपर्ला । यहाँ ६ वटा उपाय प्रस्तुत गरिएको छ जसलाई अपनाएर तपाइँ पुरुष मित्रहरुले आफ्नो यौन सम्बन्धलाई दहि्रलो बनाउन सक्नुहुन्छ :

 मज्जाले पोषिलो खाना खानुहोस्, स्वस्थ र मजबुत रहनुहोस्
 – तपाइँको भोजनमा पोषक तत्वहरुको पर्याप्तता भयो भने त्यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्छ र यौन जिवनलाई दहि्रलो बनाउँछ । त्यसैले पोषिला तथा शक्ति दिने खानाहरु जस्तै अण्डा, ओखर लगायतका विभिन्न फलका गुदी, माछा मासु, दुध, सागपात जस्ता खाना नियमित खानुहोस् । तर जंक फूडबाट भने टाढा रहनुहोस् । 
व्यायाम पनि जरुरी हुन्छ
 – स्वस्थ पुरुष यौनिक रुपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र सरीरमा यौन हर्मोनको रुपमा रहेको टेष्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ ।

 धूमपान मध्यपान छाड्नुहोस्
 – तपाइँले सुन्नु भएकै होला की धूमपान मध्यपानले यौन जिवनमा असर गर्छ भन्ने कुरा । धूमपानले सरीरमा रक्त प्रवाहमा नकारात्मक असर पूराउँछ । यसले फोक्सोमा पनि असर पूराउँछ । जसले यौन क्षमता मात्र नभएर अरु सबै शारीरिक तथा मानसिक क्षमतामा नकारात्मक असर पूराउँछ । त्यस्तै मध्यपानले पनि सरीरमा नकारात्मक असर पूराउने र यौन उत्तेजनामा असर पूराउने बताइन्छ । हस्तमैथुन सन्तुलित गर्नुस्- हस्तमैथुन धेरै गर्नु राम्रो होइन । प्राकृतिक यौन सम्बन्ध्का लागि पनि केही कुरा बाँकी राख्नुहोस् । त्यसैले अति उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुन्छ ।

 सम्भोगका लागि सही आसन छान्नुहोस् 
– सम्भोगका लागि उपयुक्त आसन र नयाँ प्रयोगले पनि यौन जिवनलाई दह्रो तथा सुखमय बनाउन सहयोग गर्छ । मुखमैथुनले पनि पार्टनरबीच मनोवैज्ञानिक खुल्लापन र निकटलाई बढाइ यौन सम्बन्धलाई सुखमय बनाउँछ । 

बढि कसिला भित्री वस्त्र नलगाउनुहोस् 
– बढि कसिला भित्री वस्त्रले पनि यौन क्षमतामा असर पूराउँछ । यसले यौन तथा प्रजनन क्रियामै असर पूराउने वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । बढि कसिला पेन्टी लगाउँदा पुरुषको हकमा लिंगका कोषमा असर पुग्ने र लिंगमा रक्तप्रवाह गर्ने रक्तनली थुनिने खतरा हुँदा त्यसले लिंगको उत्तेजनामा असर पूराउँछ र यौन क्षमतामा नकारात्मक असर पुग्छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger