Featured Post Today
print this page
Latest Post
Showing posts with label बिचित्र संसार. Show all posts
Showing posts with label बिचित्र संसार. Show all posts

डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

 आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो । समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित फुटबलर डेभिड बेकह्यामलाई झल्यास्स सम्भिmनुभयो होला र कतै उनै बेकह्यामले पो मयुरलाई बलात्कार गरे की भन्ने अनुमान गर्नुहोला । तर यसरी मयुरलाई बलात्कार गर्ने डेभिड बेकह्याम नभएर डेभिड बेकम्यान हुन् । अमेरिकाको इलिनोइस स्थित रोजेलका बासिन्दा बेकम्यानलाई उनको फिल नामको मयुरको मृत्युको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको छ । ६३ वर्षका बेकम्यानले उनको मयुरमाथि बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । केही दिनअघि राम्रै हालतमा रहेको मयुर एक्कासी मरेको र उक्त मृत मयुरको हालत हेर्दा त्यसमाथि यौन दुव्र्यवहार भएको देखिएको प्रहरीको भनाइ छ । बेकम्यानमाथि दुव्र्यवहारका अरु तिनवटा मुद्दा तथा आफ्नो साथमा गाँजा राखेको लागु औषध मुद्दा समेत लागेको छ । आउँदो जुन १२ गते उनलाई अदालतमा उभ्याइँदैछ । सोहि दिन उनीमाथिको मयुर बलात्कारको अभियोगमा पनि सुनुवाई हुनेछ । 

बच्चाको पार्कमा नांगा तरुनी छिरेपछि


आफ्ना बच्चाबच्चीहरु मज्जाले खेलिरहेको बेला अर्धनग्न युवतीहरु पार्कमा छिरेपछि अभिभावकहरु रिसले आगो बने । बच्चा खेल्ने पार्कमा घाम ताप्ने बहानामा बिकिनी मात्र लगाएका मदहोस तरुनीहरु छिरेपछि बच्चाका अभिभावकको मात्र होइन बच्चाहरुको पनि ध्यान भंग भयो र त्यहाँ एक प्रकारको हलचल नै भयो । यो खबर अमेरिकाको न्युयोर्कस्थित स्टुभिसेन्ट टाउनको एक बालउद्यानको हो । बालबालिका खेल्ने बगैचामा टू पिसमा युवतीहरु छिरेको घटना सामाजिक संजाल तथा अन्य इन्टरनेट माध्यममा पनि छायो । कतिपयले लेखे,’यो हप्ता खेल्ने चौरमा मनग्ये वक्षस्थलहरु ।’ त्यस्तै अर्का बेनामी व्यक्तिले स्थानीय पत्रिकाको वेबसाइटमा लेखे ‘यो ठाउँमा घाम ताप्न र…….देखाउने काम बन्द गर्नुपर्छ । अहिले यो बाल उद्यान पूरै निर्माण भैसकेको छैन र निर्माणको प्रारम्भिक अवस्थामा छ । अब केही हप्ताभित्र पूर्ण रुपमा संचालनमा आउने भनिएको उक्त पार्कमा त्यसपछि टू पिसका युवतीलाई ‘देखाउन’ जानका लागि छुट दिइने हो वा होइन त्यो हेर्न बाँकी छ ।

लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार पटक


पछिल्लो एक सर्भेक्षणले बच्चाबच्ची जन्मिएपछि श्रीमान श्रीमतीबीच हुने झगडामा वृद्धि हुने तथ्य सार्वजनिक गरेको छ । सर्भेक्षण अनुसार बच्चा नजन्मिँदै दिनमा ७ पटक झगडा गर्ने लोग्नेस्वास्नी बच्चा पाएपछि एघार पटकसम्म झगडा गर्छन् । यसको अर्थ बच्चा पाएपछि लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार १५ पटक हुन्छ । खासगरी बच्चा बिरामी हुने वा विभिन्न कारणले गर्दा रातमा सुत्न नपाउने, बच्चाको हेरचाह तथा अनुशासन, घरायासी काम लगायतका विषयमा बच्चावाल बाउआमाबीच झगडा हुनेगर्छ । अर्को रोचक कुरा त के भने बच्चा भएका महिलापुरुषबीच हुने झगडा मध्ये आधा त सन्तानकै विषयलाई लिएर हुने गर्छ ।

 एक चौथाइ झगडा बच्चालाई कति बेला सुताउने भन्ने विषयलाई लिएर हुन्छ भने २१ प्रतिशत झगडा बच्चालाई के खुवाउने भन्ने विषयलाई लिएर हुन्छ । बेलायतमा ३ हजार अभिभावकमा गरिएको सर्भेक्षण अनुसार बच्चा पाउनु अघि र पछि अर्थात् जहिले पनि एकैनासले झगडा उत्पन्न गर्ने एकमात्र साझा विषय भनेको पैसा हो । अरु विषय बच्चा पाउनु अघि र पछि परिवर्तन भैहाल्छन् । हरेक पाँचमा एक जना अभिभावकले खेलौनाको विषयलाई लिएर पनि श्रीमानश्रीमतीबीच झगडा हुने गरेको बताए । त्यस्तै बच्चाको सरसफाइ, ओछ्यान लगाइदिने, धोइदिने जस्ता घरायासी कुरा हरु पनि लोग्नेस्वास्नीबीचका झगडाका मुख्य कारण बन्छन् । बच्चा जन्मेको पहिलो केही महिना श्रीमान श्रीमतीले विवादलाई मनमै लुकाउने गरेको भएपनि त्यसपछि भने झैझगडा दिनचर्याको अभिन्न अंग बन्ने ममपुल नामक सर्भेक्षक संस्थाका शोधकर्ताको भनाई छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger