Featured Post Today
print this page
Latest Post
Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

नेपाली क्रिकेटरलाई नगर परिक्रमा गराईने


२५ वैशाख, काठमाण्डौं । विश्व क्रिकेट डिभिजन-३ जितेर आज स्वदेश र्फकदै गरेको नेपाली क्रिकेट टोलीलाई नगर परिक्रमा गराईने भएको छ । नेपालले बर्मुडामा भएको खेलमा उपाधि जित्नुका साथै विश्वकपको छनोट खेलमा सहभागी हुने मौका पाएको छ भने, एक स्थान माथि पुगेर डिभिजन-२ मा बढुवा भएको छ । बिहान ९ बजे त्रिभुवन विमानस्थल आइपुग्ने नेपाली टोलीलाई एयरपोर्टबाट गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजरा, पुललीसडक, भृकुटिमण्डव, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषद पुर्‍याउने तयारी नेपाल क्रिकेट संघले गरेको छ । टोलीलाई पञ्चकन्याको स्वागत सहित बाजागाजाका साथ नगर परिक्रमा गराईने तयारी भएको क्रिकेटसंघका किरण राणाले जानकारी दिनुभयो ।

इतिहास रच्दै नेपाली क्रिकेटर (फाइनलमा युगाण्डालाई हरायो) भिडियो खबर


  प्रतियोगिताको फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले हराएको छ । बर्मुडाको सेन्ट डेभिडमा युगाण्डाले टस जितेर ब्याटिंग रोजेपछि युगाण्डाले १५१ रन बनायो । १५२ रनको लक्ष्य नेपालले ३९.२ ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गरेको हो । उकालो लाग्दै गरेकोनेपाली क्रिकेट टिम पहिलो पटक आइसीसी डिभिजन टू मा प्रवेश गरेको छ ।
 

बर्मुडा चम्केपछी नेपाल विश्वकपको नजिक

 २२ वैशाख, काठमाडौं । नेपालले आईसीसी वल्र्ड कप लिग डिभिजन २ मा वढुवा भएको छ । यससँगै नेपालले वल्र्डकप छनोट खेल्न पाउने भएको छ । शनिबार राति भएको खेलमा इटलीलाई ८ विकेटले हराउँदा अमेरिका बर्मुडासँग ५ विकेटले पराजित भयो र नेपाल रनरेटमा अघि रहँदै डिभिजन २ मा फड्को मार्न सफल भयो । नेपाल र अमेरिकाको समान ६ अंक भएपनि रनरेटमा नेपाल अघि रह्यो । ८ अंकका साथ शीर्ष स्थानमा रहेको युगाण्डा पनि शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका र बर्मुडा डिभिजन थ्रीमा रहँदा इटली र ओमान डिभिजन ४ मा घटुवा भएका छन् । इटलीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य नेपालले १४ दशमलव ५ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि प्रदिप ऐरीसँग ८७ रनको साझेदारी गरेका ओपनर सुवास खकुरेल पहिलो विकेटका रुपमा व्यक्तिगत ४७ रनमा आउट भए । कप्तान पारस खड्का २२ रनमा पभेलियन फर्किए । प्रदिप ४२ र ज्ञानेन्द्र मल्ल १० रनमा अविजित रहे । यसअघि पहिले व्याटिङ गरेको इटलीले ५० ओभरमा ९ विकेट गुएमार १ सय २७ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा रहुल विश्वकर्मा र संजम रेग्मीले समान ३÷३ विकेट लिए भने शक्ति गौचनले २ र बसन्त रेग्मीले १ विकेट लिए ।

आइसीसी वल्र्ड डिभिजन थ्रीमा आज नेपाल र बर्मुडा भिड्ने

 १८ वैशाख, काठमाण्डौं । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासंग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बर्मुडाको सेन्ट डेभिडस क्रिकेट क्लबको मैदानमा हुनेछ । लगातार दुई खेल हारेसंगै नेपालको डिभिजन २ मा पुग्ने यात्रा कठिन बनेको छ । शीर्ष २ मा पुग्ने सम्भावना जिवितै राख्न नेपालले आजको खेल जित्नै पर्ने दबाव छ ।

 शीर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन ३ मा कायमै रहनका लागि पनि नेपालका लागि आजको खेल गर या मरको हुनेछ । नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी ट्वान्टीमा गत वर्ष भएको भेटमा नेपालले बर्मुडालाई हराएको थियो ।

नेपालको निराशाजनक प्रदर्शन, डिभिजन २ को यात्रा कठिन बन्दै

 १७ बैशाख, काठमाण्डौ । बर्मुडामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको आफ्नो खेलमा नेपाल युगाण्डासंग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाएर १ सय १६ रन मात्र बनायो । नेपालका लागि प्रदिप ऐरीले २४, शक्ति गौचनले २१, पृथु बास्कोटा तथा विनोद भण्डारीले समान १८ र ज्ञानेन्द्र मल्लले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमृत भट्टराई र शरद भेष्वाकर खाता नै नखोली पेविलियन फर्किए । १ सय १७ को सामान्य लक्ष्य पछ्याएको युगाण्डाले २७ ओभर खेल्दै ४ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो । उसका लागि रोगार मुकासले अविजित ४९ तथा बेन्जामिन मुसोकेले २२ रनको योगदान दिएका थिए ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger