Featured Post Today
print this page
Latest Post
Showing posts with label अचम्मको घटना. Show all posts
Showing posts with label अचम्मको घटना. Show all posts

अब फेसबुकमा साथी बन्न रक्सीको गिलास ‘चस’ गरे पुग्ने

फेसबुकमा साथी बनाउने मन छ ? त्यसो हो भने अब साथी बनाउन मन लागेकालाई फ्रेण्ड रिक्वेस्ट पठाइरहनु पर्दैन । मात्र सँगै बसेर मज्जाले बियर खाए पुग्छ । बियर पिउनुअघि बियरको गिलास चस गरे पुग्छ । गिलास ठोक्किने बित्तिकै तपाइँ त्यो रंगिलो मित्रसँग फेसबुकमा साथी बनिहाल्नुहुनेछ । हो ब्राजिलमा यस्तो बियर पिउने कप बड्डी कपको आविष्कार भएको छ जसले सँगै बसेर सुरुमा कप ठोक्काएर बियर पिउने पियक्कडहरुलाई सिधै फेसबुके साथी बनाइदिनेछ ।

  बडवाइजर कम्पनीले बनाएको उक्त चमत्कारी कपमा कम्प्यटर चिप्स राखिएको छ । कपको पिँधमा राखिएको उक्त सेन्सरको नाम बम्प सेन्सर हो । त्यो सँगै क्यू आर कोड पनि राखिएको हुन्छ जसले बन्डवाइजर एप्लिकेसनमा काम गर्छ र तपाइँको कपलाई कपधारीको फेसबुक अकाउण्टसँग जोदिदिन्छ । जब यो कपमा बियर पिइरहेका हरुले एक अर्कामा कप जुधाउँछन् तब उनीहरुको फेसबुक अकाउण्टमा एकअर्काको फ्रेण्ड रिक्वेस्ट आफै गैहाल्छ । पियक्कडहरुलाई बियरको मज्जा सँगै सामाजिक संजालको माध्यमबाट पिउनेहरुको सर्कलमा रम्नका लागि यो फेसबुके कप निकै उपयोगी हुने ठानिएको छ । स्मरण रहोस् यसअघि पनि खानपान सम्बन्धि विभिन्न खाले एप्लिकेसन तथा उपकरण आएका थिए । ह्यापिल्याब्स कम्पनीहरुले बढि छिटो खाएमा मोबाइल फोनमा तरंग पठाएर कम खान सन्देश दिने उपकरण बनाएको थियो भने बेलायतमा एक कम्पनीले खानासँगै संगित सुन्न मिल्ने चम्चा बनाएको थियो ।

पोर्न फिल्म हेर्ने जागिर


चीनमा यस्ता व्यक्तिहरुको लागि जागिर खुलेको छ जसले दिनभरि अश्लील सामाग्रीहरु हेर्नुपर्नेछ । निकै लोभलाग्दो तलब दिइने उक्त पदको नाम चिफ पोनोग्राफी आइडेन्टिफिकेसन अफिसर हो । यो पदका लागि छनोट हुनेले गर्ने काम भनेकै दिनभरि अफिसमा बसेर पोर्न सामाग्री हेर्नु हो । उनीहरुले इन्टरनेटमा भएका सामाग्रीहरु हेर्ने र त्यो अश्लील भए नभएको निर्णय गरी अश्लील भएमा रोक लगाउन सिफारिस गर्ने काम गर्नेछन् । वास्तवमा नयाँ पुस्तालाई इन्टरनेटको गलत वातावरणबाट बचाउन र इन्टरनेटलाई अश्लील सामाग्री मुक्त बनाउनका लागि चीन सरकारले यस्तो पद सिर्जना गरी त्यसका लागि इच्छुक उमेद्धारको आवेदन माग गरेको हो । सरकारले यो परियोजना सेफ्टी अलायन्स नामको एक कम्पनीलाई जिम्मा दिएको छ । उक्त कम्पनीका अनुसार यो जागिर घरमै बसीबसी पनि गर्न सकिन्छ । अहिले यस्तो संजाल तयार गरिँदैछ की जसले अश्लील सामाग्रीको पहिचान गर्नेछ । यो कार्य अन्तरगत मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई पनि ख्याल गरिने बताइएको छ । यस्तो नेटवर्कका प्रमुखको तलब वाषिर्क २ लाख चिनिया युआन हुनेछ ।

होटेल, जहाँ खानासँगै खानुपर्छ आमाचकारी गाली

भुतले खान पस्किने र लाशसँगै बसेर खानुपर्ने होटलका बारेमा हामीले विचित्र संसारमा केही दिन अघि खबर प्रकाशन गरेका थियौँ । आज हामीले तपाइँलाई फेरी अर्को त्यस्तै अनौठो होटलको परिचय गराउँदै छौँ जहाँ छिरेपछि केवल खाना मात्र होइन सुन्दै कन्सिरी तात्ने र रगत उम्लिने चिज पनि मन नलागी नलागी खानर्ैपर्छ । यसरी मन नलागी नलागी खानुपर्ने चिज भनेको गाली नै हो । वास्तविक कुरा के भने त्यो होटलमा खानासँगै आमाचकारी गाली पनि सुन्नुपर्छ । होटलको नारा नै छ कि खाना भए खाउ नभए भाँडमा जाउ ।

 अमेरिकाको शिकागो नजिकै रहेको लिंकन पार्कस्थित भेनस र्सर्किल नामको उक्त होटलमा यस्तो अनौठो घटना भोग्नपर्छ । यो होटल विभिन्न खालका परिकारका लागि जति चर्चित छ त्यहाँ पाइने गालीका लागि झनै चर्चित छ । हरेक हप्ताको अन्तिम दिन यस्तो गाली दिने चलन छ होटलमा । यो होटलमा निकै हसिमजाक पनि हुन्छ । ग्राहकहरु कफि शेक माग्नुको साटो महिला वेटरसँग भन्छन्, सेक योर बुब्स अर्थात् त्रि्रा स्तन हल्लाउ । ग्राहकको चाहना मुताविक वेटरे आफ्ना वक्षस्थल देखाएर हल्लाउँछन् र त्यो बापत इनाम माग्छन् । यस्तोमा २० डलर इनाम दिनु सामान्य जस्तै हुन्छ । यहाँ आउने ग्राहकहरु मालिकसँग, कर्मचारीसँग तथा आफूआफूमा झैझगडा गर्नु, गाली गलौज गर्नु सामान्य हो । यो रात्रीकालिन होटलमा रातिसम्मै गाली गरागर हुन्छ तर कुटाकुट भने कुनै हालतमा हुन पाउँदैन । अमेरिकामा डिक्सलास्ट नामको रिसोर्ट पनि छ । यहाँको चलन झनै अनौठो छ । त्यहाँ ग्राहक छिर्ने बित्तिकै उसको आलोचना गरिन्छ र झगडा गर्न उक्साइन्छ । यो रेष्टुरेन्टमा यतिसम्म हुन्छ की ग्राहकको कपाल भुत्लाइन्छ, कपडामा फोहोर फ्याँकिन्छ, खाइरहेको बेला टेबुलमा कागज फ्याँकिन्छ, ग्राहकलाई पक्रेर बाँधिन्छ पनि । यी सबै काम हँसिमजाकमा भएका हुन्छन् त्यसैले रिसराग नभई स्वस्थ मनोरञ्जन प्राप्त गरिन्छ । रक्सीको नशाले मात्तिएका ग्राहकले आफुलाई गरेको आमाचकारी गालीको समेत कुनै इख लिने कुरै भएन ।

डरलाग्दो रेष्टुरेन्ट, जहाँ भुतले खाना टक्राउँछ्, लाससँग बसेर खानुपर्छ

 विश्वमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ छिर्दैमा मान्छे थरथर काँप्न थाल्छ । डर नलागोस् पनि किन रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत गर्छ, भुतले नै खाना टक्राउँछ । अनि अझ डर लाग्दो कुरा त के भने खाना खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, स्पेनको ला मासिया एंकांटडा रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ । हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले गर्लान् र ? यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन । तर नडराउनुहोस् त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् ।

तरुनीसँग बोल्न पाङ्ग्रा चटाचट

जवानी चढेपछि विपरित लिंगीसँग नजिकिन, बोल्न, माया गाँस्न मन लाग्नु स्वभाविकै हो । कतिपयले मनको यस्तो इच्छा दबाएर राख्छन् त कतिपयले विभिन्न किसिमले प्रकट गर्छन् । जापानका एक जना युवकले आफ्नो केटीसँग बोल्ने र नजिकिने इच्छा पूरा गर्न निकै अचम्मको तथा डर लाग्दो उपाय अपनाएका छन् । रकेटन्यूजका अनुसार २५ वर्षका योसिहितो हारदाले केटीसँग बोल्नका लागि र सम्बन्ध गाँस्नका लागि १ हजार वटा कारका टायर काटिदिएका छन् । उनले केटीले चलाएका हजारवटा कारका पांग्रा काट्नुको एक मात्र उद्देश्य ती कार चलाउने केटीसँग बोल्नु थियो ।

 आफ्नो कारको टायर काटिएको देखेपछि रिसाएरै भएपनि केटीहरु आफुसँग बोल्नेछन् भन्ने उनको लालसा रहेछ । उनी केटीहरुले चलाएका कार पार्किङ्गमा राखिएको देखेपछि चक्कुले काटिहाल्दा रहेछन् । कारका पांग्रा काटेको लगायतका विभिन्न अभियोगमा उनी विरुद्ध नागोया जिल्लाको अदालतमा मुद्दा चलेको छ । अभियोजनकर्ताहरुले ती युवकले केटीहरुसँग सम्बन्ध स्थापित गर्ने उद्देश्यका लागि टायर काटेको दाबी गरेका छन् । उनको दिनचर्या निकै अनौठो रहेछ । पार्किङमा राखिएका कारका टायर काटेर सबै हावा फ्याँकिदिने अनि नजिकैको कुनै ठाउँमा ढुकेर बस्ने । जब त्यो कार चलाउने केटी कार चलाउन पार्किङ गरेको ठाममा पुगेर कारभित्र पसेर चलाउन थाल्छे र पंाग्रो काटिएका कारण कार चल्दैन तब झुलुक्क त्यहाँ आइपुग्ने । ओहो तपाइँको टायर फुटेछ, टाल्नको लागि म सहयोग गर्छु भन्ने र केटीसँग धित मरुन्जेल बोल्ने अनि अन्त्यमा फोन साटासाट गर्ने उनको चलन रहेछ । एक पटक एक जना केटीले आफ्नो कारको टायर टाल्न एक जना केटाले सहयोग गरेको आफ्नी साथीसँग बताइछन् । त्यो साथीको पनि उस्तै घटना घटेको रहेछ र हारदाले त्यसैगरी उनको कार टाल्न सहयोग गरेका रहेछन् । त्यसपछि हारदामाथि शंका भयो र एक कान दुइ कान मैदान हुँदै खास कुराको पोल खुल्यो । अनि अन्त्यमा पीडित कारचालका युवतीहरुले प्रहरीमा उजुरी गरी ती युवकलाई पक्रिए ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger